शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इथियोपिया दुर्घटना अघिनै ७३७ म्याक्समा रहेको खोटबारे पाइलटहरुले बोइङलाई अवगत गराएको अडियो सार्वजनिक

बिहीबार, ०२ जेठ २०७६, १३ : १३
बिहीबार, ०२ जेठ २०७६

एजेन्सी । बोइङ ७३७ हजाईजहाजको दोस्रो दुर्घटनाको केही महिनाअघि अमेरिकन एयरलाइन्सका पाइलटहरुले बोइङसँग भेटेर विमानको ‘एन्टी–स्टल प्रणाली’बारे आक्रोस पोखेको खुलेको छ ।

दुर्घटनापछि गठन भएका अनुसन्धान आयोगले बाहिर ल्याएको प्रारम्भिक रिपोर्टले दुवै दुर्घटनामा सोही प्रणालीको दोष देखिएको थियो ।  

पाइलट र बोइङबीचको भेटवार्ता नोभेम्बरमा भएको थियो । अक्टोबरमा लायन एयरको ७३७ म्याक्स जहाज जावा समून्दमा दुर्घटना भएको केही हप्तापछि भेटवार्ता भएको थियो । 

त्यस्तै त्यो वैठकको चार महिनापछि इथियोपिया एयरले संचालन गरेको ७३७ म्याक्स जहाज दुर्घटना भयो । 

अडियोमा बोईङका एक अधिकारी पाइलटहरुलाई जहाजको सफ्टवेयरमा छिट्टै परिमार्जन हुने बताएको सुनिन्छन् । त्यसपछि परिमार्जनमा हतार आवश्यक नभएको ढिलोमा ६ हप्तामा परिमार्जन हुने कुरा सुनिन्छ । 
सम्वादमा पाइलटहरुले बोइङ ७३७ म्याक्सको ‘कम्प्युटर निर्देशित स्थीरता प्रणाली’बारे सचेत नरहेको संकेत गरेका छन् । 

‘जहाजमा के सुविधा छ भन्ने जान्ने हक हामीलाई छ,’ एक पाइलटले भनेको सुनिन्छ । 

‘म यसमा असहमत छुइन,’ जवाफमा अपरिचित बोइङ अधिकारीले भनेको सुनिन्छ । 

‘तिनलाई जहाजमा त्यस्तो प्रणाली पनि छ भन्ने थाहा थिएन,’ केही हप्ता अघि लायन एयर पाइलटबारे बताउदैं ती भन्छन् ,‘ तिनलाई मात्र होइन, हामी कसैलाई पनि त्यसबारे जानकारी छैन ।’
‘यो प्रणाली बुझेर लायन जहाजको दुर्घटनामा कुनै फरक पथ्र्यो भन्ने मलाई लाग्दैन,’ बोइङका अधिकारले भनेको सुनिन्छ । 

नोभेम्बरमा अमेरिकन एयरलाइन्सका वाइलट र बोइङबीच भएको भेटवार्ताको समाचा ‘द डलास मर्निङ न्युज’ र ‘द न्यु योर्क टाइम्स’ले अघिल्लो हप्ता सार्वजनिक गरेका थिए । दुवै पत्रिकाले जहाज निर्माता बोइङले जहाजमा रहेको आपतकालिन बचाव प्रणालीबारे पाइलटलाई जानकारी नै नदिएको लेखेका छन् ।  

केही महिनाको अन्तरालमा दुईवटा ठूला विमान दुर्घटना भएपछि बोइङको ७३७ म्याक्स ८ र ९ विमान विश्वभरर ग्राउण्डेड गरिएका छन् । लायन एयर र इथोपियन एयरलाइन्सका जहाज दुर्घटनामा कुल ३४६ व्यक्ति मारिएका थिए । 

दुवै जहाजको दुर्घटनाको प्रारम्भिक रिपोर्टले नोभेम्बरको भेटवार्तामा पाइलटहरुले औल्याएको प्रणाली जिम्मेबार देखिएका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप