बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीलङ्कामा मुसलमानमाथि भएको साम्प्रदायिक हिंसामा कट्टरपन्थी बौद्ध जिम्मेवार

बिहीबार, ०२ जेठ २०७६, १३ : १९
बिहीबार, ०२ जेठ २०७६

श्रीलङ्काका अधिकारीले यो हप्ता मुसलमानलाई लक्षित गरि भएका आक्रमणमा बौद्ध समूह जिम्मेवार रहेको बताएको छ । अधिकारीका अनुसार आक्रमण अघिल्लो महिना इस्टर सण्डेको दिन भएको आक्रमणको बदलामा गरिएको थियो ।

अप्रिल २१ मा तीन चर्च र होटेलमा भएको आक्रमणमा २५० मारिएका थिए । आक्रमणको जिम्मा मुसलमानका समूहले लिएपछि देशको अल्पसंख्यक मुसलमान समुदायमाथि आक्रमण हुने डर चुलिएको थियो ।

आशंका गरिए अनुरुप नै आइतबार श्रीलङ्काको उत्तर–पश्चिम भागमा मुसलमान समुदायमाथि आक्रमण भयो । स्थानीयवासीका अनुसार उक्त साम्प्रदायिक दंगाका क्रममा भीडले मस्जिद लुटपाट गर्ने, कुरान जलाएका थिए । त्यस्तै तिनले मुसलमान व्यवसायीका पसलमा पेट्रोल बम प्रहार गरेर तर्साउने प्रयास गरे ।  

अधिकारीले सो दंगामा संलग्न भएको आशंकामा दर्जनौंलाई पक्राउ गरेको छ ।

‘मुसलमान समुदायमाथि एकदम संगठित आक्रमण गरिएको छ ,’ सुरक्षा अवस्थाको जानकारी गराउन भएको पत्रकार सम्मेलनमा एक मन्त्री नभीन दिसानायकेले भने ।

आक्रमणमा कुन समुहको संलग्न छ भन्ने प्रश्नमा मन्त्रीले भने ,‘मेरो विचारमा अमिथ वीरासिंघे, दान प्रियासद र नमल कुमाराले नेतृत्व गरिरहेको संगठनको यसमा हात छ ।’

दिशानायकेले नाम उल्लेख गरेकाहरु एक वर्ष अघि क्याण्डिमा भएको अर्को एक मुसलमानविरोधी हिंसाको लागि अनुसन्धान भइरहेका व्यक्तिहरु हुन् । तीनै जनालाई मंगलबार पक्राउ गरिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप