शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एक महिनादेखि किशोरी बेपत्ता

बिहीबार, ०२ जेठ २०७६, १३ : २४
बिहीबार, ०२ जेठ २०७६

काठमाडौं– एक महिनादेखि किशोरी बेपत्ता भएपछि परिवारले खोजी शुरु गरेको छ । यहाँस्थित देउमाई नगरपालिका–५ धुसेनीकी १५ वर्षीया किशोरी सुजता फियाक गत वैशाख ६ गतेदेखि बेपत्ता भई फेला नपरेकीले परिवारले खोजीका लागि प्रहरीलाई अनुरोध गरेको हो । 

उक्त दिन दिउँसो स्थानीय हाटबजार मङ्गलबारेमा साथीलाई भेट्न घरबाट हिँडेकी उनी नफर्केपछि दाजु (काकाका छोरा) विक्रम फियाकले छरछिमेक तथा आफन्तमा गुहार्नाका साथै प्रहरीसँग समन्वय गरेर खोजी गरिरहेको बताए ।  

जिल्ला प्रहरी कार्यालयले पनि बालिकाको खोजी गरिए पनि हालसम्म फेला नपरेको बताएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप