मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

बौद्ध–साँखु सडक कालोपत्रे हुँदै (फोटोफिचर)

बिहीबार, ०२ जेठ २०७६, १५ : १०
बिहीबार, ०२ जेठ २०७६

काठमाडौं– सडक पिच नगरेको भन्दै काठमाडौं बौद्धका स्थानीयले आन्दोलन गरेपछि कालोपत्रे थालिएको छ । गत बैशाख २६ गते स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै दिनभर सडक अवरोध गरेका थिए ।

चावहिल–साँखु खण्डको १२ किलोमिटर सडक २ बर्ष अघि नै कालोपत्रे गर्नुपर्ने भएपनि ठेकेदार, काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको ढिलासुस्ती र केही स्थानीय घरधनीले मापदण्ड विपरितको घर भत्काउन नमानेपछि सडक विस्तारको काम अलपत्र परेको थियो । बर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएका कारण हैरानी पाएका सर्वसाधारणले स्वतस्र्फूत रुपमा आन्दोलन गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप