शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जेठ १० देखि एनबी बैंकको ऋणपत्र, १०.२५ प्रतिशत ब्याजदर भएको ऋणपत्र कतिसम्म किन्न पाइन्छ ?

बिहीबार, ०२ जेठ २०७६, १५ : १८
बिहीबार, ०२ जेठ २०७६

काठमाडौं–नेपाल बंगलादेश बैंकले जेठ १० गतेदेखि २० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ  ।

 बार्षिक १०.२५ प्रतिशत बयाजदर रहेको यस ऋणपत्रको प्रतिकित्ता अंकित मूल्य हजार रुपैयाँ हो । यस ऋणपत्रमा न्युनतम २५ कित्तादेखि अधिकत्तम एक लाख कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम मिति जेठ १४ गतेसम्म हो । यदि सो समयमा पर्याप्त आवेदन नपरेको अवस्थामा भने असार ८ गतेसम्मको समय थप हुनेछ । 

दशवर्षे अवधिको २० लाख कित्तामध्ये ८ लाख कित्ता डिबेञ्चरले हुन आउने ८० करोड ऋणपूँजी रकम (यसमध्य ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको ) सर्वसाधारणका लागि खुला गरिएको हो । 

ऋणपत्र जारी गर्नुका् उदेश्य बैंकले आफने पूँजी संरचना बृद्धि गर्नु रहेको छ । यो ऋणपत्रलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले औसत जोखिम जनाउँने एलबीबीबी प्लस रेटिङ दिएको छ ।

यसको बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । आस्वा सेवामा सहभागी बैंक तथा वित्तिय संस्थाबाट यस ऋणपत्रका लागि आवेदन दिन सकिनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप