शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संसारभर फ्रेन्चाइजको मोनोपोली नहोस्, उपभोक्तालाई विकल्प चाहिन्छः अर्थमन्त्री

बिहीबार, ०२ जेठ २०७६, १५ : २२
बिहीबार, ०२ जेठ २०७६

काठमाडौं–पछिल्लो समय फ्रेन्चाइजले संसारभर बजार विस्तार गरेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले फ्रेन्चाइजको नाममा मोनोपोली खडा नगर्न सुझाएका छन् । 

नेपाल भारत फ्रेन्चाइज इन्भेष्टमेन्ट एक्स्पोमा बोल्दै मन्त्री खतिवडाले उपभोक्तालाई विकल्प चाहिने भएकाले  कुनै पनि कुराको एकाधिकार हुन नहुने बताए । 

एउटै नाम राखेर ग्राहक झुक्याउने काम पनि भइरहेको उनले बताए । केएफसी नामका थुप्रै रेष्टुरेन्ट छन यसमा उपभोक्ता झुक्किने गरेका छन्, उनले भने । 

केन्टुकी फ्राइड चिकेन र क्वालिडी फुड क्याफे यी दुबै केएफसीको नामले परिचित छन् । यसमा उपभोक्ताहरु झुक्किने गरेको छन् । 

यता अर्थमन्त्रीले नेपाल उदयमान अर्थतन्त्र भएको देश भएकाले लगानीको अवसर रहेको भन्दै  नेपालमा लगानी गर्न  आग्रह गरे । स्वदेशी तथा विदेशी लगानी कर्तालाई जेठ १ बाट शुरु भएको एकल विन्दु सेवाले पनि लगानी गर्न सहज बनाउने उल्लेख गरे । 

उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अहिले नेपालसँग बलियो सरकार भएकाले लगानी गर्ने सही समय भएको बताइन । भारतका उद्योगी व्यवसायीलाई लगानीका लागि आग्रह समेत गरिन् । 
नेपालका लागि भारतीय राजदुत मञ्जिभ सिंह पुरीले नेपालमा पछिल्लो समय यूवा उद्यमीहरु बढीरहेको बताए । 

नेपाल भारत फ्रेन्चाइज इन्भेष्टमेन्ट एक्स्पो राजधानीको एक एण्ड यति होटलमा चलिरहेको छ । आजसम्म चल्ने यो एक्स्पोमा ४९ वटा स्टल रहेको छ । जसमा भार र नेपालका चर्चित ब्राण्डहरु सहभागी छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप