शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एसएलसी प्रिन्सेजको आवेदन खुल्ला

बिहीबार, ०२ जेठ २०७६, १५ : ४५
बिहीबार, ०२ जेठ २०७६

काठमाडौं– सिजन मिडिया प्रालिले एसएलसी परीक्षा दिएर वसेका युवतीहरुमा केन्द्रीत सौदर्य प्रतियोगिता ‘ह्वाइ हाउस एसएलसी प्रिन्सेज २०१९’ को आवेदन खुल्ला गरेको छ । एसईई परीक्षा दिएर बसेका छात्राहरुको प्रतिभा निखार्ने उदेश्यले मिडियाले यो प्रतियोगिता विगत ८ बर्षदेखि नियमित आयोजना गर्दै आएको छ । 

व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर, नेतृत्वदायी क्षमताको विकास साथै उच्च शिक्षाको मार्ग निर्देशन दिँदै समाज उपायोगी जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन प्रतियोगिता सहयोगी सिद्ध हुने  सिजन मिडियाका प्रबन्ध निर्देशक प्रदीप वन्तले बताए ।

प्रतियागिताको आवेदन फारम २०७६ जेष्ठ १० गतेसम्म सिजन मिडियाको कार्यालय कमलदीमा उपस्थित भर्न सकिनेछ । काठमाडौं तथा उपत्यका बाहिर जिल्लामा रहेका विभिन्न स्कुलहरुबाट एसइई परीक्षा दिएका छात्राहरुले आवेदन फारम भर्न सक्नेछन् । 

प्रतियोगितामा ३० प्रतियोगीहरु छनौट गरेर अन्तिम स्पर्धामा उतारिनेछ । अन्तिम स्पर्धा अगाडि प्रतियोगिलाई पौडी, शारीरिक फिटनेश, फोटो सेसन, दामन भ्रमण, टेवल म्यानर, फोटोग्राफी, फूटसल लगायत विभिन्न व्यक्तित्व विकास सम्बन्धी पनि प्रशिक्षण दिइने छ ।

असारको द्रोस्रो साता अन्तिम स्पर्धा हुने प्रतियोगिताका विजेताले मा ताज उपाधिसहित उच्च शिक्षाका लागि १ लाख वरावरको छात्रावृत्ति  ल्यापटप, मोवाइलफोन र ५ दिनको बैङ्कक भ्रमणको अवसर प्राप्त गर्ने छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप