शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इराकको किर्कुक प्रान्तमा आइएसको आक्रमण, ६ प्रहरी मारिए

बिहीबार, ०२ जेठ २०७६, १६ : ०९
बिहीबार, ०२ जेठ २०७६

बग्दाद– इराकको किर्कुक प्रान्तमा इस्लामिक स्टेट्स आतङ्ककारी समूहको आक्रमणमा परी चार प्रहरी अधिकृत र अन्य दुई प्रहरी मारिएका सुरक्षा स्रोतले जानकारी दिएको छ । 

प्रान्तीय शहर किर्कुकको पश्चिम भागमा अवस्थित हवीजाह शहरनजिकै आइएस लडाकू समूहले एक सवारी साधनलाई लक्ष्य गरी गरेको बन्दुक आक्रमणमा परी चार सङ्घीय प्रहरी अधिकृतको मृत्यु भएको हो । 

आक्रमण भएको सो इलाका अफगानिस्तानको राजधानी बाग्दादबाट २५० मिटर उत्तरमा अवस्थित रहेको बताइएको छ । 

किर्कुक शहरबाट ३० किलोमिटर दक्षिणमा पर्ने रसहाद शहरनजिकै रहेको प्रहरी चौकीमा भएको आक्रमणमा दुई प्रहरीको मृत्यु हुनुको साथै अन्य एक घाइते भएका छन् ।

सन् २०१७ को अन्त्यबाट इराकी सुरक्षा बलले गरेको कारबाहीमा परी अतिवादी आतङ्ककारी समूह आइएस देश भरी नै पराजित भएपछि यहाँको सुरक्षा अवस्थामा नाटकीय रुपबाट सुधार भएको थियो । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप