मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा प्रधानमन्त्रीको कार्यक्रमः दीप प्रज्वलनदेखि ध्यान गर्नेसम्म

बिहीबार, ०२ जेठ २०७६, १६ : १६
बिहीबार, ०२ जेठ २०७६

बुटवल– प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार लुम्बिनी आउने भएका छन् । शनिबार बुद्धपूर्णिमाको अवसरमा तय गरिएको लुम्बिनी दिवसको विशेष कार्यक्रमको एक दिन अघि नै प्रधानमन्त्री यहाँ आउन लागेका हुन् । 
शुक्रबार प्रधानमन्त्रीले कपिलवस्तुको तिलौराकोट अवलोकन गर्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले रातोपाटीलाई बताए । प्रधानमन्त्री ओली शुक्रबार साँझ मायादेवी मन्दीरमा दिप प्रजज्लन गर्ने कार्यक्रम पनि रहेको छ ।

यस्तै वैशाख ४ गते अर्थातबुद्ध पूर्णिमा दिन शनिबार बिहान प्रधानमन्त्रीले ध्यान गर्ने र विक्षारोपण गर्ने कार्यक्रम रहेको छ । यस्तै शान्ति र्‍यालीमा पनि सहभागी हुनेछन् । त्यस दिन २ हजार ६ सय बिरुवा लूम्बिनीमा रोप्ने कार्यक्रम समेत रहेको छ ।
 बुद्धपूर्णिमाकै दिनलाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाइँदै छ । जसको औपचारिक कार्यक्रम बिहान ११ बजेदेखि नै शुरु हुने छ । 

जुन कार्यक्रमा प्रधानमन्त्रीबाहेक राष्ट्रपति विद्यादेवी भण्डारीको सहभागिता रहनेछ । यस्तै संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मूख्यमन्त्री, मन्त्री, विभिन्न मुलुकका बौद्धमार्गी, भिक्षुलगायतको सहभागीता रहने छ । कार्यक्रमलाई भव्य र व्यवस्थीत बनाउनको लागि सम्पूर्ण तयारी पूरा भएको सदस्यसचिव भट्टराईले बताए ।

२० लाख पर्यटक भित्राउने लक्ष्य

पाँच नम्बर प्रदेश सरकारले जेठ ४ गते परेको बुद्ध पूर्णिमालाई भव्य बनाउनको लागि बजेट ४ करोड  १९ लाख छुट्याएको छ ।
 लुम्बिनी विकास कोष र प्रदेश सरकारले विभिन्न समिति,उपसमिति गठन गरेर काम गरिहेका छन् । प्रदेश सरकारले लुम्विनी भम्रण बर्षमा २० लाख पर्यटन भित्राउने लक्ष्य लिएको छ । लुम्बिनी विकास नि.सदस्य सचिव भट्टराईले अहिलेसम्म १७ लाख पर्यटन आएको र यो भ्रमण बर्षमा २० लाख पूर्याउन गाह्रो नहुने बताए । 

लुम्बिनीमा आन्तरिक पर्यटक वृद्धि गर्नको लागि प्रदेश सरकारले जोड दिँदै आएको छ । आन्तरिक पर्यटक भित्र्याउन प्रदेश सरकारले वर्षैभरी विविध कार्यक्रम गर्ने प्रदेश ५ का पर्यटन मन्त्री लिला गिरीले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप