बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अनसनरत नर्सको जीवन रक्षाको गर्न माग

बिहीबार, ०२ जेठ २०७६, १८ : ३३
बिहीबार, ०२ जेठ २०७६

काठमाडौँ– नेपाल नर्सिङ संघले सेवा सुविधाको माग गर्दै अनसनरत २ जना नर्सहरुको जीवन रक्षाको गर्न माग गरेको छ । संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो । बैशाख २७ बाट सिनियर नर्स जीता बराल नर्सिङ संघको केन्द्रीय कार्यालय तथा डिक्की शेर्पाले प्रत्यारोपण केन्द्रमा अनसन सुरु गरेका हुन् । अनसनरत नर्सको स्वास्थ्य अवस्था बिँग्रदै गएको छ । मानव अङ्ग प्रत्यारोपण केन्द्र सरकारी अस्पताल भए त्यहाँ कार्यरत नर्सहरुले पाउने सेवा सुविधा सरकारी जस्तो नभएको भन्दै आन्दोलन सुरु गरेका थिए ।

नर्सिङ संघको विज्ञप्तिमा लोकसेवामार्फत लिइने परीक्षा स्थगित गर्न र नर्सहरुको जायज माग सम्बोधन गर्न माग गरेको छ ।  संघले मानव अङ्ग केन्द्रले लोकसेवाबाट लिन लागेको परीक्षा स्थगित गरी केन्द्रको स्वास्थ्य ऐन अनुसार परीक्षा लिनुपर्ने बताएको छ । 

प्रत्यारोपण केन्द्रमा हाल ९६ जना नर्स कार्यरत छन् । उनीहरुले मानव अङ्ग प्रत्यारोपण केन्द्रका नर्सहरुले समयमै तलब दिनुपर्ने, ठेकदार प्रक्रिया हटाई कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई अस्पतालले नै तलबको व्यवस्था गर्नुपर्ने, सरकारी अस्पतालमा पाइने सेवा सुविधा उपलब्ध गराउनु पर्ने ,पुरानो कर्मचारीको कार्यसम्पादन मूल्याँकनका आधारमा ग्रेडिङ गरिनुपर्ने र पुराना कर्मचारीलाई स्थायी गरिनुपर्ने माग राखेका छन् ।

सिनियर नर्स जीता बराल प्रत्यारोपण केन्द्रका नर्सहरुको मागलाई ऐक्यबद्धता जनाउँदै देशभरकै नर्सहरुको माग सम्बोधनका लागि अनसन बसेको बताउँछिन् । बराल अनसन बस्दा स्वास्थ्यमा समस्या आएपछि अहिले वीपी स्मृति अस्पतालमा उपचारत छिन् । उत्ता प्रत्यारोपण केन्द्रकी नर्स डिक्की शेर्पाले पनि स्वास्थ्यमा समस्या देखिएपछि उपचारसँगै अनसनलाई निरन्तरता दिएकी छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप