शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्प्राईटको ‘स्प्राईट लगाउँ, प्यास बुझाउँ’ अभियान सार्वजनिक

बिहीबार, ०२ जेठ २०७६, १८ : ४९
बिहीबार, ०२ जेठ २०७६

काठमाडौं– पेय पदार्थ ब्राण्ड स्प्राईटले ‘स्प्राईट लगाउँ, प्यास बुझाउँ’ नामक समर क्याम्पेन सार्वजनिक गरेको छ ।

उपभोक्तामाँझ रिफ्रेस बनाउने ब्राण्डको रुपमा स्थापना गर्न सफल स्प्राईटले गर्मी याममा उपभोक्तालाई कुल राख्दछ जसले गर्दा उनीहरु जुनसुकै परिस्थीतिमा सचेत भएर सोच्न र निर्णय लिन सक्छन् । स्प्राईटले उपभोक्तामाँझ प्यास मेटाउने एवं रिफ्रेस बनाउने ब्राण्डको रुपमा आफुलाई स्थापना गर्दै टीभीसी पनि ल्याएको छ ।

स्प्राईटको यस टिभीसीले त्यस्ता व्यक्तिहरुको चित्रण गरेको छ जो आफ्नो कामका लागि अरु सोझा व्यक्तिहरुलाई धम्काएर शक्ति प्रदर्शन गरेर त्यसको फाइदा उठाउने प्रयास गर्दछन् । यस्ता परिस्थीतिलाई प्रदर्शन गर्दै स्प्राईटले टिभीसी सार्वजनिक गरेको हो ।

जसमा केहि व्यक्तिहरु गर्मीे याममा सरकारी कार्यलयको अगाडि लाईनमा बसिरहेका छन् । ती व्यक्तिहरु गर्मीलाई भगाउन कागजले हावा हम्किदै आफ्नो पालो पर्खिरहेका छन् । त्यहीँ भिडमा उभिरहेका एक व्यक्तिले झोलामा स्प्राईट बोकेका छन् ।

त्यसै बीचमा अचानक एक झगडालु व्यक्ति लाइनमा नबसी सिधै झ्याल अगाडि गएर आफ्नो पावरको धम्की देखाउँदै उसको काम सबैभन्दा पहिला गर्न आदेश दिन्छ । त्यहीँ भिडको शुरुमै उभिएका अनमोल केसी (यस टिभीसीका मुख्य पात्र) ले झोलामा भएको स्प्राईटको बोतल निकालेर एक घुट्को पिउँछन् ।

त्यसपछि उनी सिधै कर्मचारी भएको ठाँउमा गएर सीसीटिभीको निग्रानिमा भएको ज्ञात गराउँछन् । ती कर्मचारी सतर्क हुन्छन् र झगडालु व्यक्तिलाई पछाडि गएर आफ्नो पालो पर्खिन बताउछन् । उक्त कर्मचारी र ती झगडालु व्यक्तिले जुन सुकै परिस्थीतिमा काम लाग्ने एक मात्र आईडिया स्प्राईट रहेछ भन्ने कुरा प्रष्ट बुझ्छन्, जसले तपाईंलाई रिफ्रेस बनाउनु साथै जुनसुकै परिस्थीतिमा पनि दिमागलाई सचेत राख्दछ ।

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले स्प्राईट जसले तिर्खा मेटाउनाको साथै यस प्रतिकुल परिस्थीतिमा पनि ठन्डा राख्न र रिफ्रेस बनाउँन सघाउने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप