शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

करणको थारु भाषाको गीत

बिहीबार, ०२ जेठ २०७६, २० : ०७
बिहीबार, ०२ जेठ २०७६

काठमाडौं – पछिल्लो समय थारु गीत संगीतले पनि राम्रो बजार पाउन थालेका छन् । यस्तैमा थारु गीत ‘कहे हम नही सकछुन’को म्युजिक भिडियो सार्वजनिक भएको छ । म्यूजिक भिडियोमा मोडल मार्टिना चौधरीका साथमा गायक करणले अभिनय गरेका छन् ।

प्रेमलाई सुन्दर ढंगबाट प्रस्तुत गरिएको म्यूजिक भिडियो रत्न जोशीले निर्देशन गरेका हुन् । गीतमा गायक करण चौधरी र गायिका अनुमा चौधरीको स्वर रहेको छ । राज संघर्षको शब्द, बल बहादुर राजवंशीको संगीत र सुरज श्रेष्ठको एरेन्ज रहेको गीतको म्युजिक भिडियो मकवानपुर जिल्लाको रमणिय स्थल कुलेखानी ड्याम साइटमा छायांकन गरिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप