एभरेष्ट म्याराथनमा दुई सय धावक
काठमाडौं- तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको १७ औं संस्करण यही मे २९ तारिखमा हुँदैछ । म्याराथनमा विदेशी एक सय ५५ सहित दुई सय धावकको सहभागिता रहने म्याराथनका संयोजक विक्रम पाण्डेले बताए । सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथा आरोहण गरेको सम्झनामा हरेक बर्ष मे २९ तारिखमा यस म्याराथन सञ्चालन हुँदै आएको छ । म्याराथन सगरमाथा आधार शिबिरबाट शुरु भइ नाम्चेबजारमा समापन हुनेछ ।
म्याराथनमा फुल म्याराथन (४२.१९५ किमि), एभरेष्ट एक्स्मट्रिम अल्ट्रा (६० किमि) र हाफ म्याराथन (२१ किमि) विधा राखिएको छ । विश्वका ३० देशका धावकहरु यस म्याराथनमा सहभागी हुँदैछन् । यसबर्ष बेलायतका २२ बर्षीय क्रिस्टोफ ज्याक्सन सबैभन्दा कान्छा र क्यानाडाका ६७ बर्षीय लिओनार्ड स्टानमोर सबैभन्दा जेठा धावक हुन् । फुल म्याराथनमा सहभागी हुन लागेका नेपालका लागि बेलायति राजदुत रिचार्ड मोरिस म्याराथनको प्रमुख आकर्षण हुन् ।
फुल म्याराथन खुला तर्फका बिजेताले दुई लाख, उपविजेताले एक लाख र तेस्रो हुनेले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । महिला तर्फका विजेता, उपविजेता र तेस्रो हुनेले क्रमशः एक लाख, ७५ हजार र ५० हजार, विदेशी धावक र हाफम्याराथनमा विजेता, उपविजेता र तेस्रो हुनेले क्रमशः ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । म्याराथन समापनको अवसरमा विजेतालाई नेपालका लागि भारतीय राजदुत मन्जिवसिंह पुरीले पुरस्कृत गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा