शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दाजुको हत्या गरेको आरोपमा भाई पक्राउ

शुक्रबार, ०३ जेठ २०७६, १३ : ५८
शुक्रबार, ०३ जेठ २०७६

पर्सा–आफ्नै दाजुको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । दाजु ४८ वर्षीय शेष फारुकलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा जिराभवानीपुर गाउँपालिका– १ बलुवा बस्ने ३८ वर्षीय शेख सेरामुद्धिनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले आफ्नै दाजु फारुकलाई घरायसी विवादको कारण कटुवा पेस्तोलले गोली प्रहार गरी गम्भीर घाइते बनाएका थिए । उपचारका क्रममा उनको निधन भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका  फारुकको शिक्षण अस्पतालमा महाराजगञ्ज काठमाडौंतर्फ लैजाने क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।

प्रहरीले शेख सेरामुद्धिनबाट कटुवा पेस्तोल १ थान, गोली ३ राउण्ड र खोका १ थान बरामद गरेको छ ।  घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप