काठमाडौँमा भूकम्पको धक्का
शुक्रबार, ०३ जेठ २०७६, १४ : ११
धादिङलाई केन्द्रबिन्दु बनाएर शुक्रबार दिउँसो ५ रेक्टर स्केलको भूकम्प गएको छ ।
भूकम्पको धक्का काठमाडौं लगायतका जिल्लामा महशुस गरिएको छ ।
दिउँसो २ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो ।
यो भूकम्प २०७२ सालमा गएको शक्तिशाली भूकम्पको परकम्प रहेको भूकम्प मापन केन्द्रका भूकम्पविद भरत कोइरालाले रातोपाटीलाई जानकारी दिए ।
यसअघि वैशाख २९ गते दैलेखमा ५.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।