मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप विजेतालाई ४० लाख डलर

शुक्रबार, ०३ जेठ २०७६, १६ : ४३
शुक्रबार, ०३ जेठ २०७६

एजेन्सी– इङ्ल्यान्ड र वेल्समा मे ३० तारिखबाट सुरु हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको विजेता टोलीले ४० लाख अमेरिकी डलर पुरस्कार पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विश्व कप विजेताको पुरस्कार राशी खुलाएको हो ।

यस पुरस्कार हालसम्मकै ठूलो भएको आईसीसीले जनाएको छ । विश्वकपको उपविजेताले २० लाख अमेरिकी डलर पुरस्कार पाउनेछ । सेमिफाइनलमा पुग्ने टोलीले आठ आठ लाख र समूह चरणको विजेताले ४० हजार अमेरिकी डलर प्रापत गर्नेछन् ।

 व्यक्तिगत स्पर्धाका विजेतालाई पनि आकर्षक पुरस्कार प्रदान गरिने आईसीसीले जनाएको छ । विश्वकपमा इङल्यान्ड, भारत, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, अष्ट्रेलिया, पाकिस्तान, बंगलादेश, श्रीलंका, वेष्ट इन्डिज र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप