शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

शुक्रबार, ०३ जेठ २०७६, २२ : ०४
शुक्रबार, ०३ जेठ २०७६

काठमाडौं-नेपाल राष्ट्र बैंकले रु छ अर्ब बराबरको ‘विकास ऋणपत्र २०८६ ग’ बिक्री गर्ने भएको छ । बैंकले यही जेठ ५ गते बोलकबोल प्रक्रियाबाट बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकलाई उक्त परिमाणको ऋणपत्र  बिक्री गर्न लागेको हो ।
 
सो ऋणपत्र धितो राखी कर्जा लिन वा दिनसमेत पाइनेछ । सो ऋणपत्रको व्याज भुक्तानी अर्धवार्षिकरुपमा गरिने बैंकले जनाएको छ । घटीमा रु ५० र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निशेष भाग जाने अङ्कमा ऋणपत्र खरीद गर्न सकिने बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप