केन्द्रीय संस्करण

आक्रोश, कुण्ठा, निम्छरा प्रश्नहरु र लोककथाको घण्टाकर्ण !

person explore access_timeजेठ ४, २०७६ chat_bubble_outline0
मुक्तिबन्धु

रातोपाटी

मानिसहरु आक्रोशित किन हुन्छन् ? आक्रोश के हो ? कुण्ठा के हो ? अनि निम्छरो भन्नाले के बुझ्नुपर्छ ? के आक्रोश, कुण्ठा र निम्छरा जस्ता शव्दहरु कुनै प्रश्नका विशेषण हुन सक्छन् ? यी विशेषण लगाइदिएपछि प्रश्न कसैका अगाडि कस्तो भएर उभिन्छ ? हिजो आज मेरा मनमा प्रायः यिनै कुरा खेलि नै रहन्छन् । सत्तासीन ठुलाबडाले बोलिदिएपछि साधारण शब्द, वाक्यहरु पनि सत्तासीनहरुजस्तै दुरुह र कठिन नै बन्दा रहेछन् । भन्न त हाम्रा हजुरबाबा वेला वेला लय हालेरै भन्नुहुन्थ्यो, “पहिले बुझ्न कठिन्, बुझ्यो अझ कठिन्, झन् झन् बुझ्यो झन् कठिन् !”

जति बुझ्यो उति कठिन् के हो त ? प्रश्न स्वयम्मा एउटा पहेली हो । अहिले नेपाली जनसाधारणलाई कसैले यो प्रश्न सोध्यो भने कसैले ‘कमरेड ओली’ भन्लान् कसैले ‘कमरेड प्रचण्ड’ भन्लान् धेरैजसोले सगोलमै ‘नेकपाको दुईतिहाइवाला सरकार’ भन्लान् । एकजना मनोविज्ञले प्रश्न सुन्नेबित्तिकै ‘त्यो भनेको सत्तासीनहरुको मनोविज्ञान हो’ भनिदिनुभयो । नेपाली शव्दकोश विश्लेषणाात्मक छैन । बोधो छ । त्यसले दिने अर्थबाट दिक्, काल परिस्थिति केही पनि खुल्दैन ।


‘बानी लागेकालाई घिन लाग्दैन’ भन्ने उखान स्वभावकै आधारमा बनेको हो । यस कोणबाट हेर्दा व्यवहारमा कुनै पनि व्यक्ति आफै दोषी हुँदैन, दोषी हुन्छ भने उसले अँगालेको परम्परा र संस्कृति दोषी हुन्छ । यसरी हेर्दा कुनै पनि वक्ता दोषी हुँदैन । हाम्रा प्रधानमन्त्री पनि दोषी हुनुहुन्न । नेपाली कांग्रेसका सांसदहरु पनि दोषी हुनुहुन्न ।


यस्ता शव्द, वाक्यांश र वाक्यका अथाह धनी हाम्रा हिजोआजका प्रधानमन्त्री उद्भट विद्वान् हुनुहुन्छ । बोल्दा वहाँको मुख मात्र बोल्दैन, अनुहार पनि बोल्छ । सिङ्गो शरीर बोल्छ । यसलाई वक्ताको विशेषता मान्ने कि नमान्ने ? यो अर्कै एउटा वहसको विषय हुन सक्छ ।  सामान्यतः बोली र बोल्ने शैलीले वक्ता हुर्किएको समाज र उसले अपनाएका संस्कृतिको प्रतिनिधित्व भने गर्छ, अवश्य गर्छ  । संस्कृति भनेको अङ्गीकृत स्वभाव नै हो । स्वभावलाई निम्ता दिएर बोलाई रहनु पर्दैन । खास खास बेलामा एकाएक आफै प्रकट भइदिन्छ । ‘बानी लागेकालाई घिन लाग्दैन’ भन्ने उखान स्वभावकै आधारमा बनेको हो । यस कोणबाट हेर्दा व्यवहारमा कुनै पनि व्यक्ति आफै दोषी हुँदैन, दोषी हुन्छ भने उसले अँगालेको परम्परा र संस्कृति दोषी हुन्छ । यसरी हेर्दा कुनै पनि वक्ता दोषी हुँदैन । हाम्रा प्रधानमन्त्री पनि दोषी हुनुहुन्न । नेपाली कांग्रेसका सांसदहरु पनि दोषी हुनुहुन्न । वहाँहरुका ऐतिहासिक महत्वका संस्कृतिबोधक शब्दहरु संसदीय अभिलेखबाट हटाउनु आवश्यक छैन । कृष्ण द्वैपायन व्यासले महाभारतजस्ता महाकाव्यमा र अन्य विभिन्न महापुराणहरुमा आपूm लगायत सवै पात्रहरुका गुण दोष किन्चित् नलुकाइकन अभिलिखित गरिदिएका छन् । यसबाट हामीलाई त्यो समय पढ्न सजिलो भएको छ । यो इतिहासकारहरुको ‘इति ह आस’ वाला इमानदारी पनि हो ।

हामी सर्वसाधारण जनता के ठान्छौं भनें, सदनका सवै सांसदहरु जननिर्वाचित हुन् । एउटै तहका हुन् । एकले अर्कालाई मर्यादित व्यवहार गर्नु नै शिष्टता र शालीनता हो । प्रतिनिधि सभामा जुटेका जननिर्वाचित सांसदहरु सवै समान सम्मान र मर्यादाका अधिकारी छन् । मन्त्री प्रधानमन्त्री आदि पनि तिनै सांसदहरुबाटै बनेका हुन् । ती पनि जनताबाट समान रुपमै चुनिएर आएका हुन् । सवैलाई त्यहाँ पठाउने सार्वभौम जनता नै हो  । सदनमा जननिर्वाचित प्रतिनिधिहरु जसले जसको अपमान गरे पनि  जनताको अपमान हो । यहाँ कसैले कसैलाई अग्ल्याउने होच्याउने कुरा आउनु मात्र पनि विधिसम्मत हुन सक्दैन ।


विधिकै कुरा गर्ने हो भने आज जनता सर्वोपरि छ । कसैले आफू बार्दलीमा उक्लिन पाएँ भनेर आँगनमा उभिएका जनतामाथि कुल्ला गर्न पाइँदैन । जनताकै बलमा उठेकाहरुले जनताका अगाडि ठडिन होइन काइदासाथ निहुरिन जान्नुपर्छ । विनम्र बन्न जान्नुपर्छ ।


आजको समय राणा, भारदार र दुनियाँदार भनेर सत्ता र जनताबीच सोपानक्रम बनाउने र माथिल्लो सोपानमा उभिन पाएकाले दम्भबोध गर्ने समय पनि होइन । विधिकै कुरा गर्ने हो भने आज जनता सर्वोपरि छ । कसैले आफू बार्दलीमा उक्लिन पाएँ भनेर आँगनमा उभिएका जनतामाथि कुल्ला गर्न पाइँदैन । जनताकै बलमा उठेकाहरुले जनताका अगाडि ठडिन होइन काइदासाथ निहुरिन जान्नुपर्छ । विनम्र बन्न जान्नुपर्छ । पदीय रुपमा माथि पुगेकाहरुले व्यवहारमा पदीय रुपमा तल रहेका हरुभन्दा पनि बढी  विनम्र र शालीन बन्न जान्नु पर्छ । अनि अलिकति भने पनि लोकतान्त्रिक संस्कृतिको प्रारुप देख्न पाइन्छ ।

जनउत्तरदायी व्यवस्था हो भने जिम्मेवार राजनेताले जनताका आक्रोशको ससम्मान सम्बोधन गर्नुपर्छ । प्रधानमन्त्रीले सांसदहरुका आक्रोशलाई सहर्ष सकारेर ससम्मान सम्बोधन गर्नु पर्छ । समस्या पहिचान गरेर समाधानका लागि पहल गर्नुपर्छ । मन नपर्ने कुरा सुन्नै नसक्नु त जनवादी संस्कति होइन, निक्खर सामन्ती संस्कृति हो । लोकतान्त्रिक राजनेताहरुमा यो हेक्का रहेन भने जनताले व्यवस्थागत फरक छुट्ट्याउन थप आन्दोलनको कसरत गर्नुपर्ने पनि हुन सक्छ ।


मन नपर्ने कुरा सुन्नै नसक्नु त जनवादी संस्कति होइन, निक्खर सामन्ती संस्कृति हो । लोकतान्त्रिक राजनेताहरुमा यो हेक्का रहेन भने जनताले व्यवस्थागत फरक छुट्ट्याउन थप आन्दोलनको कसरत गर्नुपर्ने पनि हुन सक्छ ।


सामन्त कालमा जनतामा कुण्ठा व्यापक थियो । जताततै कुण्ठा । जताततै अवरोध । जताततै छेकबार । यथास्थितिबाट अगाडि बढ्ने बाटै थिएन । जनता आजित थिए र पनि राजनीतिक रुपमा सचेत थिएनन् । आजित र असचेत जनतालाई अलमल्याउन र व्आफ्नो आर्जन व्यवसाय चलाउन पण्डित पुरेतहरुले पुराण पल्टाए र वैकुण्ठका कथा हाले । वैकुण्ठ अर्थात् कुण्ठारहित रमाइलो संसार । स्वर्ग । जहाँ कामधेनु छ, कल्पवृक्ष छ । पर्याप्त स्वतन्त्रता छ । दुःख पीर मर्का केही छैन । जहाँ अमृत पिएर नाच गान हेर्न रमाउन पाइन्छ । एउटै मात्र शर्त के भने त्यहाँ जिउँदै जान पाइँदैन । अहिले यहाँ दान पुण्य गर्न सकियो भने मरेपछि त्यहाँ जान पाइन्छ । यसै पौराणिक आख्यान परम्प।राले गर्दा जनजीवनमा उखानै बन्यो, ‘नमरी स्वर्ग जान पाइँदैन ।’ ‘मरेर पनि स्वर्ग त जानै पर्छ ।’ यो बिम्बको अर्को पाटो हो । मानिसलाई कुण्ठाले र कुण्ठामुक्तिको सपनाले जीवनविमुख र मृत्युवादी पनि बनायो ।

आज पनि नेपालमा कुण्ठाको त्यही साम्राज्य बाँकी छ ? छैन भने सदनसम्म कसरी पुग्यो कुण्ठा प्रसङ्ग ? सदनमा उब्जेका कुण्ठाको बेग्लै कुनै पहिचान पनि छ कि, त्यो पनि परम्परागत कुण्ठा नै हो ? पत्रकारका मुखमा ‘ठेडी ठोक्ने मनसायको विधेयक आयो–आयो’ को विभीषिकाले वातावरण सर्सराएको वेला अव यस कुण्ठाको रहस्य कसले कसरी खोज्ने ?


सदनमा उब्जेका कुण्ठाको बेग्लै कुनै पहिचान पनि छ कि, त्यो पनि परम्परागत कुण्ठा नै हो ? पत्रकारका मुखमा ‘ठेडी ठोक्ने मनसायको विधेयक आयो–आयो’ को विभीषिकाले वातावरण सर्सराएको वेला अव यस कुण्ठाको रहस्य कसले कसरी खोज्ने ?


आफू तलब भत्ता गाडी आदि इत्यादि साधन सुविधा सम्पन्न रहेर आफ्ना निर्वाचन क्षेत्रमा छर्नका लागि सीमान्त निर्लज्जताका साथ दश दश करोड रुपया राष्ट्रिय ढुकुटीबाट उबाउन कम्मर कस्ने माननीय सांसदहरुका ‘प्रश्न’का अगाडि ‘निम्छरा’ शव्द ‘विशेषण’ बन्न पुग्न सक्छ भने यस देशमा गास बास कपासका समस्याले रातोदिन लखेटिएका सधैँका लखतरान भुइँमान्छे अर्थात् सर्वसामान्य जनताको स्थिति कस्तो होला ? कतिसम्म निम्छरो होला ? प्रश्न यो पनि छ । समस्या आज पनि कम गम्भीर छैन । यसको एउटा सरल उपचार त शायद लोकतान्त्रिक सरकारले जनताको मुख थुन्नु र आफ्नो कान थुन्नु नै हो । नरहे बाँस, नबजे बाँसुरी । गाँजहरुमा बाँसै नरहेपछि बाँसुरी कसरी बनिन्छ र बज्छ ?


घण्टा बजेपछि त्यो आवाजले जनताका भजनकीर्तनको आवाज छेकिन्थ्यो र घण्टाकर्ण एक्लै पनि हाँस्थ्यो । खानपीनको खोजमा यत्र तत्र  हिँडिरहन्थ्यो घण्टाकर्ण । यसरी हिँड्दा कतै सामूहिक भजनकीर्तन सुनियो भने खुर्र दगुर्थ्यो, दगुर्दा घण्टा अरु जोडले बज्थ्यो । यसरी यी घण्टाहरु नै घण्टाकर्णका जीवनका सन्तुष्टिदायक उपलव्धि थिए ।


यस अवस्थामा सरकारलाई अहिले दृष्टान्त लायक व्यक्तित्व उपत्यकाको लोकश्रुतिमा रहेको घण्टाकर्ण पनि बन्न सक्छ । घण्टाकर्णलाई भगवानको भजन कीर्तन सुन्न पटक्कै मन नलाग्ने । भजन कीर्तन नगरभन्दा उपत्यकाका जनता नमान्ने । जनतालाई दुःख दिएर तह लाउने नियतले घण्टाकर्णले के मात्र अत्याचार गरेन । जनजीवनमा कति मात्र पीडा पस्केन । तर पनि जनता ज्याद्रा । कहिल्यै हिम्मत नहार्ने । कहिल्यै नथाक्ने ? उपायविहीन भएर आखिरमा त्यसले आफ्नै कानमा घण्टा झुण्डायो । दुइटा कानमा दुइटै घण्टा । चल्यो कि बज्यो घण्टा । घण्टा बजेपछि त्यो आवाजले जनताका भजनकीर्तनको आवाज छेकिन्थ्यो र घण्टाकर्ण एक्लै पनि हाँस्थ्यो । खानपीनको खोजमा यत्र तत्र  हिँडिरहन्थ्यो घण्टाकर्ण । यसरी हिँड्दा कतै सामूहिक भजनकीर्तन सुनियो भने खुर्र दगुर्थ्यो, दगुर्दा घण्टा अरु जोडले बज्थ्यो । यसरी यी घण्टाहरु नै घण्टाकर्णका जीवनका सन्तुष्टिदायक उपलव्धि थिए ।

मनिसहरु भन्छन्, हाल चर्चित सन्चारसम्बन्धी विधेयकले जनजीवनमा लोककथाका घण्टाकर्णको सम्झना ताजा बनाएको छ । आक्रोश, कुण्ठा र निम्छरा प्रश्नहरुको समाधान पनि सम्भवतः घण्टाकर्ण नै हो ।

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...