शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शनिबारको राशिफलले तपाईंलाई के भन्छ ?

शनिबार, ०४ जेठ २०७६, ०५ : ५६
शनिबार, ०४ जेठ २०७६

काठमाडाैं - वि.सं. २०७६ साल ज्येष्ठ ०४ गते । शनिबार । ईश्वी सन् २०१९ मे १८ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख शुक्ल पक्ष । तिथि पूर्णिमा,५४ घडी १६ पला,रातको ०२ बजेर ५८ मिनट उप्रान्त प्रतिपदा । नक्षत्र विशाखा,५४ घडी ०९ पला,रातको ०२ बजेर ५५ मिनेट उप्रान्त अनुराधा । योग वरियान,२६ घडी २३ पला,दिउसो ०३ बजेर ४९ मिनेट उप्रान्त परिध । करण भद्रा,दिउसो ०३ बजेर २९ मिनेट उप्रान्त बव,रातको ०२ बजेर ५८ मिनेट उप्रान्त वालव । आनन्दादिमा शुभ योग । चन्द्रराशि तुला,बेलुकी ०८ बजेर ५९ मिनेट उप्रान्त बृश्चिक  ।  

चण्डी पूर्णिमा। कूर्म जयन्ती। गोरखनाथ जयन्ती। किरातहरूको उभौली पर्व। वैशाखस्नान समाप्ति। बन्दिकापुरमा चण्डेश्वरी रथयात्रा। स्वायाँ पुन्ही। घाँटुनाच समापन। रानीघाटमा बाघभैरव पर्व। ललितपुरको गोटिखेलस्थित वैतरणीधाम स्नान। 

काठमाडौंमा सूर्योदय ०५ बजेर १६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४६ मिनेट । दिनमान ३३ घडी ४६ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामोदुरिको परदेशको यात्रा भएपनि यात्राका क्रममा बिभिन्न समस्याहरु देखा पर्नेछन् । जीवनसाथि सँग अबिश्वास बढ्नेहुदा कामहरु प्रभावित हुने योग रहेकोछ । व्यावसायमा तत्काल ठुलो लगानी नगर्नुहोला लगानी फस्ने योग रहेकोछ । स्वास्थ्यमा समस्या आउनेछ भने पढाइ लेखाइमा कमजोरिको महशुष हुनेछ । सवारि साधन तथा विलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ । घर परिवारमा आफन्त तथा पतिपत्नि बिच मनमुटाब बढ्नेछ । मौसम तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गोप्य कुराहरु बाहिर आउँने अधिक सम्भावना रहेकोछ । धन सम्पति तथा अचल सम्पति हराउँन तथा लुटिन सक्छ सजक रहनुहोला । न्यालयबाट हुनेनिर्णयहरु तपार्ईँको पक्षमा नहुने हुनाले मुद्दा हारिने सम्भावना रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउन केहि समय पर्खनु पर्नेछ । बौद्धिक ब्याक्तित्वहरु सामु तपार्ईँले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आमा तथा आमा सरहका मानिस सँग बिवाद बढ्ने योग रहेको छ । सामान्य छाति सम्बन्धि समस्या आउँन सक्छ ख्याल गर्नुहोला । प्रतिश्पर्धिहरुले काममा अवरोध पु¥याउन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपार्ईँ आफ्नै कारणले पछि पर्नुहुनेछ । व्यापार व्यावसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आत्मिय साथि तथा आफन्त सँग मनमुटाब बढ्ने योग रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा लगानी गर्दा घाटा हुन सक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने हुनालेदैनिक कामकाज गर्न गाह्रो हुनेछ । पढाइ लेखाइमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । मायाप्रेममा धोका हुनेछ भने पतिपत्नि सँग मनमुटाब बढ्न सक्छ । दाजुभाई तथा छिमेकिसँगको सम्बन्धमा मनमुटाव सिर्जना हुनेछ । खुट्टा तान्ने तथा कुरा काट्नेहरु सक्रिय रहनेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै दिन कटाउँन सकिनेछ । बोलिको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेमप्रसङमा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुसी हुनेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । फेसेनेवल तथा विलासी सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानीगर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनालेनतिजा तपार्ईँकै पोल्टोमा पर्नेछ ।
    
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्रतिष्ठित काम गर्ने अवसर आउँनेछ भने बिशिष्ट ब्याक्तिहरु नजिकिने छन् । कन्फिडेन्ट पावर बढ्ने हुँदा उपलब्धि मुलक कामहरु बन्नेछन् । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउँने समय रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा आम्दानीका स्रोतहरु फराकिला हुनेछन्  । सुन्दर  तथा विलासी सामानको प्रयोग मार्फत अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा प्रसस्त समय दिएपनि आम्दानी थोरै नै हुनेछ । कामगर्दा ख्याल गर्नु जरुरि देखिन्छ समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाइ लेखाइमा तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने बिदेशी सामानको व्यापार फस्टाएर जानेछ । मायाप्रेममा अबिश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने योग रहेकोछ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त जन तथा दाजुभाईबाट भनेजस्तो सहयोग पाइने  हुदा मन प्रशन्न रहनेछ । मायाप्रेममा सामिप्यता बडेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानीगर्न सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । बिद्यामा प्रतिस्पर्धिहरुलार्ई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउँन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय राम्रो नभएकोले राज्य बाट पाउने सेवा सुबिधाबाट बञ्चित हुनु पर्नेछ । व्यापार व्यावसायमा लगानी गरेपनि लाभ थोरै मात्र हुनेछ । पैत्रिक स्रोत तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिुनहोला । अध्ययनमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । तापनि आफन्त तथा मन परेको मानिस सँग रमाईलो यात्राको तय गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन पाइने छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ । सामाजिक कामगरि समाजमा नाम तथा दाम दुबै कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुसी पार्न सकिनेछ । नया काम पाउने तथा बढुवा हुने योग रहेको छ । व्यापार व्यावसायमा लगानी बढाई प्रसस्त नाफा कमाउने समय रहेको छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) काम गर्दा ख्याल गर्नुहोला शुरुगरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानी गरे पनि आम्दानी नहुने हुनाले दैनिक गुजार ऋण लिएर चलाउनु पर्ने बाध्यता आउनेछ । प्रणय सम्बन्धमा चिसोपनको सुरुवात हुनेछ भने जीवन साथिको सहयोग नपाउदा कामहरु थाति रहनेछन् । पढाइ लेखाइ अथुरै रहनेछ भने नतिजा अरुतिर जानेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिर्य घट्ना घट्न सक्छ ।

तपाईको दिन शुभ रहोस् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप