शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोपा अमेरिकाका लागि ब्राजिल टोलीको घोषणा

शनिबार, ०४ जेठ २०७६, ०८ : ५५
शनिबार, ०४ जेठ २०७६

एजेन्सी - आगामी जुन १४ तारिखबाट सुरु हुने कोपा अमेरिका कप फुटबलका लागि ब्राजिल टोलीको घोषणा गरिएको छ । ब्राजिलको पाँच शहरमा आयोजना हुने कोपा अमेरिका फुटबलका लागि प्रशिक्षक टेटेले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

टोलीमा नेइमार, गाब्रियल जेसस, रोबर्टो फिर्मिन्हो, फिलिप काउटिन्हो जस्ता स्टार खेलाडीले स्थान बनाएका छन् । चर्चित खेलाडी मार्सेलो र भेनेसियस जुनियरलाई टोलीमा समावेश गरिएको छैन । रक्षक मार्सेलो पछिल्लो समय रियलमा समेत जम्न सकिरहेका छैनन् । मार्सेरोसँगै फाबिन्हो र लुकास मौरालाई पनि टोलीमा राकिएको छैन ।

ब्राजिल टोलीको गोलरक्षकमा एन्डरसन, एलिसान र कासियो छन् । रक्षमकमा डानी अल्भेस, थिएगो सिल्भा, मार्कविन्होस, फिलिप लुइस, मिरान्डा, फाग्नेर, इडेर मिलिटाओ र एलेक्स सान्ड्रो छन् । मिडफिल्डरमा एलान, आर्थर, कासिमिरो, फर्नानडिन्हो, लुकास र फिलिपकाउटिन्हो तथा स्ट्राईकरमा  नेइमार, एभर्टन, रोबर्टो फिर्मिन्हो, गाब्रियल जेसस, डेभिड नेरेस र रिचार्लीसन रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप