शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इङ्ल्याण्ड एक खेलअघिनै च्याम्पियन

शनिबार, ०४ जेठ २०७६, १२ : ०७
शनिबार, ०४ जेठ २०७६

पाकिस्तानविरुद्धको पाँच ओडीआई सिरिजमा इङ्ल्यान्ड एक खेल अगाडिनै च्याम्पियन बनेको छ । घरेलु टोली इङ्ल्यान्डले शुक्रबार राति भएको चौथो खेलमा पाकिस्तानलाई तीन विकेटले पराजित गर्यो । इङ्ल्यान्डले सिरिज ३—० ले जितेको छ । यसअघि पहिलो खेल बर्षाका कारण प्रभावित भएको थियो । अन्तिम खेल आइतबार हुनेछ । 

पाकिस्तानले दिएकको तीन सय ४१ रनको विजयी लक्ष्य पछ्याएको इङ्ल्यान्डले ४९.३ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । इङ्ल्यान्डको जितमा ओपनर जोसन रोयले एक सय १४ रन बनाए । बेन स्टोक्सले अविजित ७१, जेम्स भिन्सले ४३, जो रुटले ३६, टम करनले ३१, जो डेनलीले १७ र आदिल राशिदले अविजित १२ रन बनाए ।

पाकिस्तानका मोहम्मद हसन, इमाद वासिमले समान दुई दुई विकेट लिए । जुनैद खान, हसन अली र सोएव मालिकले एक एक विकेट झारे ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा तीन सय ४० रन बनाएको थियो । पाकिस्तानका लागि बाबर आजमले एक सय १५ रन बनाएपनि टोली हारबाट जोगिएन । मोहम्मद हफिजले  ५९, फकार जमानले ५७,  सोएव मालिकले ४१, कप्तान सरफराज अहमिदले २१, आशिफ अलीले १७ र इमाद वासिमले १२ रन बनाए ।

इङ्ल्यान्डका टम करनले चार विकेट लिए । मार्क उडले दुई तथा जोफ्रा आर्चरले एक विकेट लिए । यसअघि इङ्ल्यान्ड दोस्रो खेलमा सात र तेस्रो खेलमा ६ विकेटले विजयी भएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप