शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा ‘एक्सपर्ट प्रधानमन्त्री कप’ क्रिकेट हने

शनिबार, ०४ जेठ २०७६, १८ : ०९
शनिबार, ०४ जेठ २०७६

यही जेठ १० गतेदेखि राजधानी काठमाडौँमा ‘एक्सपर्ट प्रधानमन्त्री कप’ क्रिकेट प्रतियोगिता हुने भएको छ । 

आयोजक राष्ट्रिय खेलकुद परिषद् र नेपालय इन्टरनेश्नलले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरि  ‘एक्सपर्ट पीएम कप’ को तेस्रो संस्करणबारे जानकारी गराएका हुन् । 

जेठ १० देखि २५ गते सम्म हुने प्रतियोगिताका खेलहरु र्कीतिपुर र मुलपानी खेल मैदानमा हुने भएको छ । प्रतियोगितामा ३ विभागीय  सहित ७ वटा प्रदेशका १० टिमले सहभागीता जनाउने छन् । 

समूहका शीर्ष २–२ टिमले सेमिफाईनलमा स्थान बनाउने छन् । प्रतियोगिताको कुल बजेट १ करोड ७५ लाख रुपैया रहेको छ । 

परिषद्ले ८० लाख उपलब्ध गराउनेछ भने बाँकी नेपालय इन्टरनेश्नलले प्रायोजकको सहयोगमा लगानी गर्ने भएको छ ।

प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छन् । त्यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल, उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही ५० ÷५० हजार रुपैयाँ पाउने छन् । 

प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज भित्रिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप