मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तान च्याम्पियन, भारत ५ विकेटले पराजित

शनिबार, ०४ जेठ २०७६, १८ : ३३
शनिबार, ०४ जेठ २०७६

एसिया कप ह्विलचेयर टी–२० क्रिकेट प्रतियोगिताको उपाधि पाकिस्तानले जितेको छ । शनिबार भएको फाइनलमा भारतलाई पाँच विकेटले पराजित गर्दै पाकिस्तानले उपाधि जितेको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भारतले दिएको दुई सय ११ रनको लक्ष्य पाकिस्तानले १९.३ ओभरमा पाँच विकेट गुमाएर पूरा ग¥यो । पाकिस्तानको जितमा मोहमद लतिफले अविजित एक सय ५६ रनको शतकीय पाली खेले । 

यस्तै मोहमद फियाज र सैयद अहमदले समान १५ रन बनाए । भारतका शौरभ मल्लिकले दुई तथा पर्शुराम देसले र विश्वनाथ गौरवले एकएक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर दुई सय १० रन बनाएको थियो । 

भारतका शौरभ मलिकले अविजित एक सय चार रन बनाए । यस्तै निकुल प्रजापतिले पनि अविजित ६३ रन जोडे । पाकिस्तानका एड्नान नासिर र सैयद अहमदले एकएक विकेट लिए ।

उपाधिसँगै पाकिस्तानले ६० हजार नगद प्राप्त ग¥यो । उपविजेता भारतले ३० हजार पायो । नेपाल ह्विलचेयर क्रिकेट संघको आयोजना भएको प्रतियोगितामा पाकिस्तानका मोहमद लतिफ उत्कृष्ट खेलाडी घोषित भए । उनले पाँच हजार नगद पुरस्कार प्राप्त गरे । 

लतिफले उत्कृष्ट ब्याट्सम्यानको उपाधि पनि जिते । भारतका शौरभ मलिक उत्कृष्ट बलर घोषित भए । प्रतियोगितामा नेपालसहित पाकिस्तान, भारत र बंगलादेशले प्रतिस्पर्धा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप