फिरौतीका लागि अपहरणका घटनामा वृद्वि
नाइजेरियामा फिरौती रकमका लागि अपहरणका घटनामा बृद्धि भएका छन् ।
नाइजेरियाको उत्तर पश्चिमी राजमार्गमा ट्याक्सी चलाउने एकजना ट्याक्सी चालक अमिनु मागामीलाई गत फेब्रुअरी महिनामा सडकमा कम्तीमा २० जना बन्दुकधारीले रोके ।
उनीहरुले आकासतर्फ फर्काएर बन्दुक पड्काए र मागामीको ट्याक्सी रोके । मैले मेरो ट्याक्सी रोकेँ र उनीहरुका अगाडि हात ठडाएर आत्मसमर्पण गरेँ, उनले भनेका छन् ।
उनलाई उनको छिमेकी नगर जामफारामा लगेर थुनेर राखियो । त्यसपछि उनीहरुले उनको परिवारसँग फिरौती रकमको माग गरे ।
उनी भन्छन्, उनलाई नराम्रोसँग यातना दिइयो र करिब एक महिनासम्म थुनेर राखियो ।
उत्तरपश्चिमी नाइजेरियाको उनको नगरमा यसै वर्ष अर्थात् सन् २०१९ को पहिलो तीन महिनामा मात्र कम्तीमा पनि २०३ ओटा अपराधका घटना भएका छन् । तीमध्ये २८१ जनालाई फिरौतीका लागि नै अपहरण गरिएको थियो ।
उक्त नगरका प्रहरी प्रमुख मोहम्मद आदमुले भने, यस नगरमा पछिल्लो समयमा हिंसाका घटनामा बृद्धि भएका र त्यसमा पनि अपहरणका घटनामा बृद्धि भएका छन् ।
यस वर्षको शुरुको तीन महिनामा मात्र देशभरि अपहरणका घटनामात्र कम्तीमा पनि ६८१ ओटा भएका छन् । ती अपहरणका घटनाहरु सबै फिरौती रकमका लागि हुने गरेका छन् ।
साथै यस वर्षमात्र १ हजार ७१ जनाको अपराधका घटनामा फरी ज्यान गएको छ । हिंसात्मक आक्रणमहरुका कारण ती व्यत्ति मारिएका छन् ।
यहाँको दक्षिणी क्षेत्र तेलको लागि प्रसिद्ध छ । तर यस क्षेत्रमा फिरौती रकमका लागि मानिसलाई अपहरण गर्ने, पैसा लिने र पैसा नदिएमा हत्या गर्ने काम गर्ने गर्दछन् ।
दशकभन्दा लामो समयदेखिको समस्या छ यस देशमा । जसका कारण मानिसहरुले निकै नै असुरक्षित महसूस पनि गर्ने गरेका छन् ।
यहाँका सुरक्षा अधिकारीहरुलाई देशमा असुरक्षाका घटनाको कारण सुरक्षा चुनौतीका साथमा अपहरणको घटना अर्को प्रमुख चुनौती थपिएको छ ।
यहाँका आदिवासी मुस्लिमहरुका विभिन्न सशस्त्र संगठनहरु पनि रहेका छन् । उनीहरुले यहाँका किसानलाई आक्रमण गर्ने गर्दछन् ।
जमिन कब्जा गर्ने प्रयोजनार्थ पनि यहाँ ती लडाकू समूह र किसानबीच संघर्ष हुने गर्दछ । ती समूहले किसानमाथि हमला गर्ने गर्दछन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनआन्दोलनका दमनकारीलाई कारबाही नहुँदा पूर्वराजा ज्ञानेन्द्रदेखि विपी पुत्र कोइरालासम्मलाई हाइसञ्चो
-
कतारी राजा शेखको डिनर सोल्टीमा, लन्च द्वारिकामा
-
त्रिविमा तथ्याङ्क विश्लेषण र वैज्ञानिक लेखनसम्बन्धी तालिम
-
केजरीवाललाई जेलमा पहिलो पटक इन्सुलिन दिइयो
-
डीडी न्यूजको लोगो परिवर्तन भएपछि...
-
बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर