शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ताधारी दलको ‘अनपेक्षित कमजोर नतिजा’, पूर्वप्रधानमन्त्री नै पराजित

शनिबार, ०४ जेठ २०७६, २० : ११
शनिबार, ०४ जेठ २०७६

अष्ट्रेलियामा शनिबार सम्पन्न निर्वाचनमा सत्ताधारी कन्जर्भेटिभ पार्टीलाई अनपेक्षित निर्वाचन परिणाम आउने देखिएको यहाँको राष्ट्रिय टेलिभिजनले जनाएको छ । 

एबीसी टेलिभिजनका अनुसार वर्तमान दलले पुनः सत्ताको बागडोर सम्हाल्ने अवस्थासमेत गुमाउनसक्ने देखिएको छ । 

आगामी सरकार प्रधानमन्त्री स्कट मोरिसनको गठबन्धनको पक्षमा जाने तर उक्त गठबन्धनलाई पनि बहुमत प्राप्त हुनेछ वा अल्पमतको सरकारको बनाउने अवस्था आउनेछ भनिहाल्न मिल्ने नदेखिएको एबीसीले राजनीतिक विष्लेशकहरूलाई उद्धृत गरी उल्लेख गरेको छ ।

मतदान सकिएसँगै शुरु भएको मतगणनाका कतिपय स्थानका परिणामहरू सार्वजनिक भएका छन् भने कतिपय स्थानमा मतगणना जारी रहेको छ ।

पूर्वप्रधानमन्त्री अबोट पराजित

यसैबीच सिड्नीको वारिङगा निर्वाचन क्षेत्रबाट संसद सदस्यका लागि उम्मेदवारी दिएका लिबरल पार्टीका नेता तथा सन् २००९ देखि सन् २०१५ सम्म सरकारको नेतृत्वमा रहेका पूर्व प्रधानमन्त्री टोनी अबोट यस निर्वाचनमा पराजित भएका छन् । 

अष्ट्रेलियाको पूर्व विदेशमन्त्री जुलिया बिशपले अबोटको पराजयको पुष्टि गर्दे नतिजाप्रति दुःख व्यक्त गर्दै भनेकी छन्, ‘मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका अबोटको पराजयबाट म निकै दुःखी बनेको छु ।’ 

पूर्वप्रधानमन्त्री अबोटको समलिङ्गी विवाह र जलवायु परिवर्तनबारेको विचार जनताबाट अनुमोदन हुन नसकेको उनले बताइन् । 

यस बर्षको निर्वाचनमा एक करोड ६० लाख मतदाता मतदानका लागि योग्य ठहरिएका अष्ट्रेलियाली निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा उल्लेख गरिएको छ ।

स्थानीय समय अनुसार शनिबार विहान ८ बजे निर्वाचन शुरू भै साँझ ६ बजेसम्म मतदान भएका थियो । निर्वाचन आयोगले शुक्रबार राति दिएको जानकारी अनुसार शनिबार पहिले विभिन्न देशमा रहेका करिब ४७ लाख ६० हजार अष्ट्रेलियालीले मतदानमा भाग लिएका थिए । 

यो सङ्ख्या सन् २०१६ को मा ३२ लाख रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप