शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी तेल कम्पनीद्वारा दक्षिणी इराकबाट विदेशी कामदार खाली गर्दै

शनिबार, ०४ जेठ २०७६, २२ : ५२
शनिबार, ०४ जेठ २०७६

एजेन्सी- अमेरिकी एक्सन मोबिल तेल कम्पनीले दक्षिणी इराकको वेस्ट कुर्ना वन, बसरास्थित तेल प्रशोधन केन्द्रमा रहेका विदेशी कामदारलाई खाली गरेको अल अरेबिया टेलिभिजनले शनिबार जनाएको छ ।
कम्पनीले शुक्रबारदेखि कामदारलाई उक्त क्षेत्रबाट खाली गरी अन्यत्र पठाउन थालेको र शनिबार विहानसम्म त्यहाँबाट केही कामदारलाई दुबई र संयुक्त अरब इमिरेट्सतर्फ पठाएको र केही कम्पनीको मुख्यालय बसरामा राखिएको अल अरेबिया टेलिभिजनले इराकी सुरक्षाकर्मीलाई उद्धृत गरी जानकारी गराएको छ ।

कम्पनीका इराकी इन्जिनियरहरूले भनेका छन्, “कामदारलाई सार्ने कामले वेस्ट कुर्ना वन तेल प्रशोधन केन्द्रमा काम अवरूद्ध नहुने र उत्पादन पनि घट्ने छैन ।” “त्यहाँ कुनै खतराको सङ्केत नरहेको र शान्त अवस्था रहेको छ,” एक अधिकारीले भने ।

 अमेरिकी तेल कम्पनीको उक्त निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रतिबन्धको घोषणापछि इरानबाट तेल आयात गर्ने चीन, भारत लगायतका केही प्रमुख राष्ट्रमा तत्कालका लागि घोषणा बाध्यकारी नहुने भनी गत बर्ष गरेको निर्णय यही मे महिनादेखि सकिएको सन्दर्भमा प्रतिबन्ध फुकुवाका लागि पुनः नयाँ निर्देशन जारी नभएपछि देखिएको अन्यौलबीच आएको छ ।

अमेरिकी ट्रम्प प्रशासनले इस्लामिक स्टेटमाथि दवाब सिर्जना गर्न इरानमाथि एकतर्फीरूपमा प्रतिबन्धको घोषणा गरेको हो । यसको यूरोपेली सङ्घ अन्तर्गतका अधिकांश सदस्य राष्ट्र, चीन, रूस तथा अन्य अमेरिका पक्षधर वा विरोधी धेरै मुलुकबाट अनुमोदन भएको छैन ।

अमेरिकाले पछिल्ला केही दिन यता इरानबाट खतरा उत्पन्न भएको बताउँदै मध्यपूर्वमा आफ्ना सैन्य गतिविधि पनि बढाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप