शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्वाचनमा पराजय भएलगत्तै अष्ट्रेलियाली लेबर पार्टीका नेताले दिए राजिनामा

शनिबार, ०४ जेठ २०७६, २३ : १०
शनिबार, ०४ जेठ २०७६

एजेन्सी- शनिबारको अनपेक्षित निर्वाचन परिणामसँगै अष्ट्रेलियाको लेबर पार्टीका नेता बिल शर्टेनले पराजयको जिम्मेवारी लिँदै पार्टी नेतृत्वबाट राजिनामा दिने निर्णय लिएको बताएका छन् ।

“निर्वाचन परिणामलाई हेर्दा यो पक्का भैसकेको छ कि अब लेबर पार्टीले नयाँ सरकार बनाउन सक्ने सम्भावना छैन,” शर्टेनले आफ्ना समर्थकलाई विश्वास गर्न कठिन निर्णय सार्वजनिक गरे ।

उनले थपे, “राष्ट्रिय हितका लागि केही समय अगाडि मैले लिबरल पार्टीका नेता तथा प्रधानमन्त्री स्कट मोरिसनलाई फोन गरी बधाई दिइसकेँ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप