शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मासु किनबेचदेखि खानेसम्मलाई ५० हजार जरिबाना

आइतबार, ०५ जेठ २०७६, ०६ : ३१
आइतबार, ०५ जेठ २०७६

गाेरखा - गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ । र, कसैले यसको उल्लंघन गरे ठुलो मात्रामा जरिबाना तिर्नु पर्नेछ ।

‘अब हाम्रो वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिबाना हुनेछ’ चुमनुब्री गाउँपालिका ४ का अध्यक्ष पेमा डुन्डुप लामाले भने, ‘कोही कसैले काटमार गरेको घटनाबारे हामीलाई सूचना दिएको १५ हजार रुपैयाँ इनाम दिने निर्णय भएको छ ।’ यो नियमबारे गाउँपालिका र प्रहरीलाई समेत जानकारी गराइएको उनले बताए । 

उनका अनुसार जरिबानाबापत संकलन हुने रकम अहिंसा अभियानमै खर्च गरिनेछ । ‘हाम्रो वडा क्षेत्रभित्र काटेर खाने उद्देश्यले चौपाया किनबेच नगर्न छिमेकीी वडामा समेत पत्राचार गरिएको छ,’ ‘उनले भने, ‘हाम्रो वडाभित्र त अब मासु खाने उद्देश्यले पशुपन्छी किनबेच हुँदै हुँदैन । यो समाचार शिव उप्रेतीले अन्नपूर्णमा लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप