शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिका–चीन व्यापारयुद्धले झस्कियो नेपाल

आइतबार, ०५ जेठ २०७६, ०८ : ११
आइतबार, ०५ जेठ २०७६

संयुक्त राज्य अमेरिका र चीनबीच आठ महिनादेखि जारी व्यापार युद्धले नेपाललाई झस्काएको छ । अर्थतन्त्रका वाह्य क्षेत्रमा निरन्तर असर गरेपछि राष्ट्रिय योजना आयोगले नियमित निगरानी र अनुगमन थालेको छ । यो समाचार आजको कारोबार दैनिकमा विजय देवकोटाले लेखेका छन् । 

गतसाता बसेको आयोग बैठकले अमेरिका र चीनबीचको व्यापारिक सम्बन्धमा देखापरेको असहज परिस्थितीका कारण नेपालको अर्थतन्त्रका बाह्य क्षेत्रमा पर्नसक्ने प्रभाव आकलन गर्न सदस्य डा. रामकुमार फुयाँललाई जिम्मेवारी तोकेको छ । डा. फुयाँलले आयोगमा आथिक व्यवस्थापन महाशाखा हेर्छन् । 

‘हामीले चीन–अमेरिकाबीच देखिएको व्यापार तनावलाई नजिकबाट हेर्न सुरु गरेका छौँ ।’ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्क कँडेलले भने,‘सिर्जित समस्या विश्लेषण गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रिपोर्टिङ गर्छौ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप