शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा वृद्धि

आइतबार, ०५ जेठ २०७६, १२ : ४१
आइतबार, ०५ जेठ २०७६

सोल–दक्षिण कोरियामा औद्योगिक दुर्घटना बढेको तथ्याङ्क सार्वजनिक भएको छ । योसँगै दक्षिण कोरियाली सरकारले दुर्घटना न्यूनीकरणका लागि प्रयास थाल्नुका साथै पीडितलाई बीमा प्राप्त गर्ने आवेदन प्रक्रियामा पनि सुधार थालिएको जनाएको छ । 

दक्षिण कोरिया सरकारको श्रम तथा रोजगार मन्त्रालयले मे २, तारिखका दिन सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०१८ मा भएका औद्योगिक दुर्घटनामा आप्रवासी कामदार सहित ९७१  जनाको ज्यान गएको जनाएको छ । 

जसमध्ये सबैभन्दा धेरै निर्माण क्षेत्रमा ४८५ जनाको मृत्यु भएको छ भने उत्पादनमुलक क्षेत्र तर्फ २१७, सेवामुलक क्षेत्रतर्फ १५४ जनाको मृत्यु भएको छ । बाँकी दुर्घटना औद्योगिक साना कार्यस्थलसँग सम्बन्धित रहेका थिए ।  

गतबर्ष कुल भएका औद्योगिक दुर्घटना मध्ये ०.५१ प्रतिशत जनाको मृत्यु भएको थियो जसमध्ये सबैभन्दा बढी निर्माण क्षेत्रमा १.६५ प्रतिशत,उत्पादनमुलक क्षेत्रमा ०.५२ प्रतिशत,सेवामुलक क्षेत्रमा ०.२४ प्रतिशत कामदारको मृत्यु भएको थियो ।

 सन् २०१७ मा आप्रबासी कामदार सहित सानाठूला गरी कुल ८९ हजार ८४८ औद्योगिक दुर्घटनाहरु भएकामा सन् २०१८ मा १३ प्रतिशत बढी अर्थात १ लाख २ हजार ३०५ दुर्घटना भएका थिए । त्यस्तै कार्यक्षेत्रमा हुने जटिल कामका कारण बिरामी भई सन् २०१७ मा कुल ९९३ जना कामदारको मृत्यु भएकोमा सन् २०१८ मा १७८ ले वृद्धि भई ११७१ जना कामदारको मृत्यु भएको थियो । 

दक्षिण कोरिया सरकारले औद्योगिक दुर्घटनाको तथ्याङ्कबाट कार्यक्षेत्रमा के कति कारणबाट दुर्घटना भएको  हो त्यसलाई पहिचान गरि न्यूनीकरण गर्न सहज हुने जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप