शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फोटो खिच्न छोडेर प्रियंका चोपडाको ड्रेस मिलाउन थाले निक जोनस (भिडियो)

आइतबार, ०५ जेठ २०७६, १३ : ०२
आइतबार, ०५ जेठ २०७६

निक जोनस र प्रियंका चोपडा ग्ल्यामर इन्डष्ट्रिका चर्चित जोडीमध्ये एक हुन् । उनीहरुको जोडी देखेर धेरैलाई लोभसमेत लाग्न सक्छ । निक आफ्नी श्रीमतीलाई निकै माया गर्छन् भनेर थाहा पाउन उनीहरुको हाउभाउ र सोसल मिडिया नियाले पुग्छ , हालै निकको श्रीमतीप्रतिको यही मायालु व्यवहार कान्स फिल्म फेस्टिबलमा पनि देखियो । जहाँ उनी तस्बिर खिच्न छोडेर अचानक प्रियंकाको ड्रेस मिलाउन थाले ।

प्रियंका प्याजी रङको पहिरनमा थिइन् । निक जोनस कालो सुटमा थिए । दुबै सँगै फोटो खिचाउँदै थिए । यति नै बेला निकको नजर प्रियंकाको ड्रेसमा पर्यो । उनलाई केही गडबडी भएको भान भयो त्यसकारण फोटो खिच्दा खिच्दै क्यामराको पर्वाह नगरी उनी प्रियंकाको ड्रेस मिलाइदिन थाल्छन् । निकको यही अन्दाज सोसल मिडियामा छाएको छ । प्रशंसकले उनलाई ‘क्युट हस्बेन्ड’, ‘केयरिङ हसबेन्ड’ लगायतका उपनाम दिइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप