शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘माया बस्छ कि के हो ?’ घोषणा

आइतबार, ०५ जेठ २०७६, १५ : ११
आइतबार, ०५ जेठ २०७६

काठमाडौं – ‘माया बस्छ कि के हो ?’ निर्माण घोषणा गरिएको छ । आइतवार राजधानीका एक कार्यक्रमका बीच घोषणा गरिएको फिल्ममा सोनाल तामाङ र कस्मता निरौलाको मुख्य भुमिका रहने छ ।  यी दुबै कलाकार यस फिल्मबाट अभिनयमा देखिन लागेका हुन् । 

पारिवारिक लभस्टोरी तथा हाँस्य कथामा आधारित भएर बन्ने फिल्मको निर्देशक राजु अधिकारी रहेका छन् । असार दोस्रो साताबाट छायांकनमा जाने बताइएको फिल्मको सम्पूर्ण छायांकन युरोपमा हुनेछ । जनपुकार मिडिया हाउस प्रा.लि.को ब्यानरमा निर्माण हुने  बताइएको छ । 

शरद अधिकारी प्रस्तुतकर्ता रहेको फिल्ममा बहादुर सिंह तामाङ र कृष्ण गिरी कार्यकारी निर्माता रहेका छन् । फिल्मको कथा आरती अधिकारीले तयार पारेकी हुन् । पटकथा तथा संवाद मौनता श्रेष्ठको रहेको छ । 

अर्जुन पोखरेलको संगीत रहने फिल्ममा सोनाल र कस्मताको अलवा ध्रुव दत्त, बेनी ढुंगाना लगायतको समेत अभिनय रहने कार्यक्रममा जानकारी दिइयो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप