बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मैदानमा मिसेस नेपाल ग्ल्यामका १७ प्रतियोगी

आइतबार, ०५ जेठ २०७६, १६ : १०
आइतबार, ०५ जेठ २०७६

काठमाडौं– ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट आयोजक रहेको ‘मिसेस नेपाल ग्ल्याम २०१९’ का १७ प्रतियोगी अहिले प्रशिक्षणको मैदान छन् ।  केही समयपछि आयोजना हुने फाइनल प्रतियोगितामा शीर्ष उपाधि आफ्नो पोल्टामा पार्न उनीहरु प्रशिक्षणमा जुटेका हुन् । 

प्रशिक्षका क्रममा उनीहरुले सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण लिने कोरियोग्राफर आश्विनी झाले जानकारी दिए ।

अन्जु खड्का राई, देवकी सेवा रिजाल, बीनू शाही, सुनीता फÞूयाल क्षेत्री, शिल्भा तुलाधर, पनिता राइर्, सीमा शर्मा, निमा तामाङ, सन्ध्या श्रेष्ठ, सीमा घतान विश्वकमार्, सोनिका कार्की, सोना राई लामा, कल्पना प्रधान, प्रज्ञा श्रेष्ठ, मीनु प्रधान श्रेष्ठ, प्रतिमा अधिकारी, पुण्य बज्राचार्य लगायत प्रतियोगी छन् ।

शीर्षसहित विभिन्न आधा दर्जन विधामा बिजेता छानिने प्रतियोगिताको इभेन्ट म्यानेजर आकाश गिरी हुन् । विवाहित महिलाहरुको प्रतिभा निखार्दै उनीहरुको भविष्य सुधार्ने उदेश्य प्रतियोगिता आयोजना हँुदै आएको आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टका सिइयो प्रिती कार्कीले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप