शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सोधानान्तरमा अत्यधिक चाप, सरकारको आर्थिक बृद्धिदरको लक्ष्यलाई चूनौती

आइतबार, ०५ जेठ २०७६, १७ : २०
आइतबार, ०५ जेठ २०७६

काठमाडौं– देशको चालू खाता घाटा २ खर्ब रुपैयाँभन्दा बढी नाघेको छ । चालू खाता घाटा २ खर्ब ४ अर्ब ४३ करोड रुपैयाँ पुगेको हो । यो घाटा गतवर्षको यसै अवधिमा १ खर्ब ७२ अर्ब ६७ करोड रुपैयाँ थियो । निरन्तर बढ्दो आयात, विस्तारित चालू खाता घाटा, सोधानान्तर घाटा आदिले गर्दा नेपालको उच्च आर्थिक बृद्धिदरको लक्ष्यमा असर पर्ने देखिन्छ ।  

केही समयअघि अन्तर्राष्ट्रिय मुद्राकोषले (आइएमएफ) एक÷डेढ बर्षमै नेपाल आर्थिक रुपले जटिल मोडमा पुग्ने घोषणा गरेको थियो । त्यसको कारण विस्तार हुँदै गएको चालू खाता घाटा, अत्यधिक आयात र सोधानान्तर घाटा हो । 

राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो प्रतिवेदनले चालू खाता घाटा झन्झन् बढ्दै गएको देखाएको छ ।  चैत मसान्तसम्म देशको सोधानान्तर ६४ अर्ब ६८ करोड घाटामा छ । जबकि गतवर्षको यसै अवधिमा १४ अर्ब ६० करोड घाटामा थियो । 

देशको प्रत्यक्ष वैदेशिक लगानी पनि निकै गिरावट आएको छ । चैत सम्म ७ अर्ब १० करोड प्रतयक्ष वैदेशिक लगानी छ । गतवर्षको यसै अवधिमा १४ अर्ब ४१ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी आएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप