बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

१४ हजारले लिए ५ प्रतिशत ब्याज अनुदानको कृषि कर्जा

आइतबार, ०५ जेठ २०७६, १७ : ४३
आइतबार, ०५ जेठ २०७६

काठमाडौं– सरकारले वित्तरण गरेको ५ प्रतिशत ब्याज अनुदानको सहुलिय कर्जा १४ हजार ६ सय ३९ जनाले लिएका छन् । यसमा ९८ करोड २२ लाख रुपैयाँ ब्याज अनुदान प्रदान गरिएको राष्ट्र बैंकले जनाएको  छ । अझै २५ अर्ब १८ करोड रुपैयाँ यस्तो कर्जा बक्यौता छ  ।

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अुनदान सम्बन्धी एकिकृत कार्यविधि २०७५ ले सहुलियत पूर्ण कृषि कर्जाको व्यवस्था गरेको थियो । यस कार्यविधिअनुसार सात प्रकारका सहुलियत पूर्ण कर्जा पाइन्छ । अन्य क्षेत्रतर्फ १३ करोड ६४ लाख कर्जा बाँकी छ । 

यस्तै भूकम्प पीडितले उपयोग गर्ने सहुलियतपूर्ण कर्जा १ हजार ५ सय ७७ जनाले उपयोग गरेका छन् ।  यता, उतपादन शिल क्षेत्रमा चैत मसान्तसम्म बैंकहरुले २३ अर्ब ६ करोड रुपैयाँ पुनरकर्जा लगानी गरेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप