अपहरणको नाटक गर्दै बाबुसँग २ लाख फिरौती मागेपछि...
बुटवल– रुपन्देहीका एक युवाले आफ्नै बाबुसँग अपहरणको नाटक गरेर फिरौती मागेका छन् । अपहरणको नाटक गरी आफनै बाबुसँग २ लाख रुपैया फिरौंती माग गर्ने रुपन्देहीको सिद्धार्थनगरपालिकाका एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
गत बैशाख ५ गते घरबाट निस्किएर सम्पर्कविहिन भएका सिद्धार्थनगर नगरपालिका वार्ड नं. ८ बस्ने जोखन मुसलमानका २२ वर्षीय छोरा मोहमद कमालुद्दिन मुसलमानलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।
सुरुमा मोहमदले आफुले प्रयोग गर्ने मोबाइल नम्बरबाट बाबुलाई फोन तथा एसएमएस गरी आफु अज्ञात स्थलमा अपहरणमा परेको जानकारी दिएका थिए ।
त्यसलगत्तै उनले फिरौंतीका लागि २ लाख रुपैयाँ मागेको तर सहमतिमा तत्काल ५० हजार रकम दण्डपाणि बरालको नाममा आईएमई गरी पठाईदिए मुक्त हुने बताएका थिए । उनले आफनै मोबाइलबाट फोन र एसएमएस पटक–पटक गरेपछि बाबुले प्रहरीलाई जानकारी गराई बरालको नाममा ५० हजार रुपैयाँ पठाएका थिए ।
त्यसपछि बाबुले पठाएको रकम लिन छोरा आफै पोखराको पृथ्वीचोकमा पुगेका थिए । त्यसअघि प्रहरीले शंका लागेर सो लोकेशनमा अप्रेशन सुरु गरेको थियो । आइएमईमा मोहम्मदनै आएर पैसा निकाल्न लागेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
मोहमदविरुद्ध प्रहरीले सार्वजनिक अपराध अन्तर्गत अभद्र व्यवहार गरेको आरोपमा आज मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए । मोहम्मदका बावु भैरहवामा मिस्त्री काम गर्दै आएका छन् । प्रहरीले मोहम्मदलाई आज सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीकोट जिल्लाकै नमुना स्याउ फोइमहादेवमा
-
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम
-
उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
-
भारतीय प्रधानमन्त्री मोदी र राहुलको भाषणमाथि निर्वाचन आयोगको नोटिस
-
मोहित शर्माको नामसँग जोडियो यो खराब कीर्तिमान
-
कतारी राजालाई काठमाडौँ बाहिर घुमाउने योजना सम्भव भएन : राजदूत ढकाल