किन्जो टाँगे लुम्बिनी गुरु योजनाको काम ३ बर्षभित्र सम्पन्न हुने
काठमाडौं– लुम्बिनी विकास कोषले किन्जो टाँगे लुम्बिनी गुरु योजनाको बाँकी काम ३ बर्ष भित्र सम्पन्न हुने बताएको छ । संसदीय समितिको आईतबारको छलफलमा लुम्बिनी विकास कोषका योजना अधिकृत सरोज भट्टराईले किञ्जो टाँगे लुम्बिनी गुरुयोजनाको ८२ प्रतिशत काम सकिएकाले बाँकी १८ प्रतिशत काम तीन बर्ष भित्र सम्पन्न गरिने प्रतिबद्धता जनाएका हुन् ।
बाँकी काम सम्पन्न गर्नका लागि ६ अर्ब रुपैयाँ लाग्ने पनि स्पष्ट पारे । कोषसँग तत्काल प्राविधिक जनशक्ति नभएकाले परामर्शदाता मार्फत गर्ने गरि छनौट प्रक्रियाको प्रारम्भीक काम पनि सम्पन्न भएको जानकारी उनले गराए ।
उनले एक महिना भित्र परामर्शदाता नियुक्तिको प्रक्रिया टुंगो लगाई समयमै निर्माण कार्य सम्पन्न गर्ने गरि टेण्डर आव्हान गरिने बताए । उनले लुम्बिनी गुरु योजना अन्र्तगत ४२ वटा विहार बनाउने भनिएकाले सोही अनुसारको व्यवस्थापन गरिएको भएपनि विहार निर्माण र सञ्चालनमा केही समस्या देखिएपनि अहिले त्यस्तो अवस्था नरहेको स्पष्ट पारे । चन्दावापत प्राप्त विदेशी मुद्राको सवालमा सटहीमा आउने पैसा बैकको प्रतिनिधि र सुरक्षाकर्मीको रोहवरमा सटही गर्ने गरिएको स्पष्ट पारे ।
उनले लुम्बिनी विकास कोषको ऐनमा नै १० वटा मात्रै क्षेत्र हेर्ने भनि किटान गरिएकाले कपिलवस्तु, नवलपरासी र रुपन्देहीका बुद्धसँग सम्बन्धित् क्षेत्रहरुलाई गुरुयोजनामा समावेश गर्न नसकिएको स्पष्ट पारे । बुद्धसँग सम्बन्धित बाँकी क्षेत्रलाई वृहत्तर लुम्बिनी गुरुयोजनामा समावेश गर्ने प्रयास भइरहेको जानकारी उनले गराए ।
बैठकमा समिति सभापति भरत शाह, सदस्यहरु राजेन्द्र केसी, ह्दयेश त्रिपाठीले मायादेवी मन्दिरको दान दक्षिणाको सही व्यवस्थापन र विहारमा होटल सञ्चालन गर्न दिन नहुने बताएका थिए । समितिले किञ्जो टाँगे लुम्बिनी गुरु योजना, दान वापत प्राप्त विदेशी मुद्राको व्यवस्थापन, विहारमा होटल सञ्चालन भएको भन्ने सम्बन्धमा लुम्बिनी विकास कोषका अधिकारीसँग छलफल गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताबाट लोकतन्त्र दिवसको उपहास, शुभकामना दिनै कन्जुस्याइँ !
-
संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न सक्दैन : नेता कोइराला
-
कर्णालीमा भागबण्डा टुङ्गियाे, सामाजिक विकास मन्त्रालय माओवादीलाई
-
‘कर्णालीबारे ५ प्रतिशत पनि लेखिएको छैन’
-
लम्जुङबाट ‘भाइरल गोर्खे’को छायांकन सुरु
-
केटाको परिवारले होटलको ढोका ढकढक्याए, भित्रबाट सुनियो बच्चा रोएको आवाज