बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘जात्रै जात्रा’लाई दर्शकले भने उत्कृष्ट फिल्म

आइतबार, ०५ जेठ २०७६, १८ : ४१
आइतबार, ०५ जेठ २०७६

काठमाडौं– ‘जात्रै जात्रा’ शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो । फिल्मले प्रदर्शनको सुरुवाती व्यवसाय राम्रो गर्न सफल भएको छ । प्रदर्शनको पहिलो दिन राम्रो सो पाएको फिल्मले शनिबार भने देशभर आक्रामक व्यापार गरेको देखिएको छ । फिल्मले सिंगल थियटर र मल्टिप्लेक्समा राम्रो दर्शक पाइरहेको निर्माण युनिटको बताएको छ । 

‘शनिबार काठमाडौका सिभिल, जय नेपाल, कुमारी, बिग मुभिज, छाँया सेन्टर, ललितपुरको लबिम मल लगायतमा दर्शकको चाप राम्रो देखियो’ निर्देशक प्रदीप भट्टराइले भने, ‘उपत्यका बाहिर पनि दर्शकको चाप बढ्दो छ । आईतबारबाट फिल्मको नयाँ सो मात्र होइन केही हल पनि थपिएका छन् ।’ भट्टराईले थपे ‘राम्रो फिल्म दिनसक्यो भने परिणाम पनि राम्रो हुँदो रहेछ ।’

प्रदर्शनको सुरुवातदेखि नै स्वदेशमा राम्रो दर्शक पाउन सफल फिल्मको विदेशमा पनि राम्रो क्रेज देखिएको छ । फिल्मको अष्ट्रेलियामा धेरै सो हुने देखिएको छ । ‘अष्ट्रेलिया अहिलेसम्म धेरै शो भएको फिल्म ‘शत्रु गते’ हो । त्यसको १७ शो भएको थियो’ प्रदिपले भने ‘जात्रै जात्रा’ को त दुई हस्तामै यो भन्दा बढी शो हुने देखिएको छ ।’ 

रिलिज भएको केही दिन पनि राम्रो दर्शक नपाएर फिल्म उत्रिएको वर्तमान समयमा ‘जात्रै जात्रा’ ले भने लामो समय चल्ने छनक देखिएको छ । दर्शक तथा समिक्षकबाट राम्रो प्रतिक्रिया पाउन सफल फिल्मले आइतबारसम्म दुई करोड ब्यवसाय गरेको निर्माण पक्षको दाबी रहेको छ । 

पहिले कहिलै नहेरेको र टिपिकल्ली नेपाली दर्शकका लागि उपयुक्त फिल्म भएकोले ‘जात्रै जात्रा’ ले दर्शक पाएको हुन सक्ने निर्देशक प्रदीपले अनुमान लगाए ।  ‘‘जात्रा’ ले युवापुस्ताका दर्शक मात्र पाएको थियो’ प्रदीपले थपे ‘जात्रै जात्रा’सबै प्रकारका दर्शक पाइरहेको छ ।’ 

फिल्म युनिट शनिबार काठमाडांैका गोपिकृष्ण लगायत केही हलमा पनि पुगेको थियो । सो अवसरमा दर्शकले फिल्मका बारेमा उत्कृष्ट प्रतिक्रिया दिँदै कलाकार तथा निर्माण युनिटसँग सेल्फी समेत खिचाएका थिए । 
फिल्ममा काम गर्ने कलाकार मध्य पनि अभिनेता विपिन कार्की र बाल–कलाकार अव्रिन खड्काको कामको पनि तारिफ धेरै भएको छ । दर्शकले लामो समयपछि उत्कृष्ट हेर्न पाएको भन्दै निर्माण युनिलाई बधाई दिइरहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप