केन्द्रीय संस्करण

ड्याट्सनको प्रि–बजेट अफरः नयाँ गाडी किन्दा सुविधै सुविधा

person explore access_timeजेठ ५, २०७६ chat_bubble_outline0

काठमाडौं– नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले आगामी आर्थिक वर्षको बजेट घोषणा हुनु अगावै ग्राहकहरुलाई मूल्य वृद्धिको भार नपरोस् भनी सुविधा प्रदान गर्न प्रि–बजेट अफर प्रस्तुत गरेको छ ।

नेपाल अधिराज्यभर लागू गरिएको प्रि–बजेट अफर योजनामा ग्राहकहरुले विभिन्न ८ आकर्षक सुविधाहरु प्राप्त गर्न सक्नेछन् । यस प्रि–बजेट अफर योजना अन्तर्गत ग्राहकले ड्याट्सन गाडीको खरिदमा विशेष छुट लगायत अन्य ८  सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

ती आठ सुविधाहरुमा निःशुल्क एक्सोसरिज, तत्काल फाइनान्सको सुविधा, तत्काल पुरानो गाडीको मूल्याङ्कन तथा एक्स्चेन्ज, हरेक टेस्ट ड्राइभमा निःशुल्क उपहार, नगद छुट, एक वर्षसम्मको निःशुल्क सवारी कर, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङको सुबिधा रहेका छन् ।  

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...