भारतमा लोकसभा निर्वाचनः फेरि एकपटक नरेन्द्र मोदीको सम्भावना बढ्यो
एजेन्सी– भारतमा लोकसभा निर्वाचन सम्पन्न भएको छ । आइतबार सातौं चरणको निर्वाचन सम्पन्न भएको हो । सातौं चरणको निर्वाचनमा ६०.२१ प्रतिशत मतदान भएको छ । आइतबार ५९ लोकसभा सिटका लागि भएको निर्वाचनमा सबैभन्दा बढी मत पश्चिम बंगालमा खसेको छ ।
पश्चिम बंगालमा झडपका बीच सम्पन्न निर्वाचनमा ७३.०५ प्रतिशत मत खसेको छ । त्यस्तै झारखण्डमा ७०.५ प्रतिशत मत खसेको छ भने मध्यप्रदेशमा ६९.३८ प्रतिशत मत खसेको छ । बिहारमा ४९.९२ प्रतिशत मत झरेको छ भने हिमाञ्चलन प्रदेशमा ६६.१८ प्रतिशत मत झरेको छ । लोकसभा निर्वाचनमा निर्णायक रोल खेल्ने उत्तर प्रदेशमा भने ५४ .३७ प्रतिशत मत खसेको छ । त्यसैगरी चण्डीगढमा ६३.५७ प्रतिशत मत खसेको छ भने पञ्जाबमा ५८.८१ प्रतिशत मत खसेको छ ।
निर्वाचनका क्रममा पश्चिम बंगाल लगायतका स्थानमा दुई पक्षबीच झडप भएको छ । केही दिनअघिदेखि भाजपा र तृणमुल काँग्रेसका कार्यकर्ताबीच बंगालमा तनाब चर्किएको थियो । मतदानका क्रममा समेत त्यसको उत्कर्ष रुप देखिएको छ ।
कसको कति सिट आउला ?
आइतबार सातौं चरणको निर्वाचन सम्पन्न भएसँगै समग्र मत परिणामको आँकलन गरिन थालिएको छ । ५४२ लोकसभा सिटमा कुन दलले कति सिट प्राप्त गर्लान् भन्ने विश्लेषण गरिन थालिएको छ । त्यसका लाथि न्युज नेशन र टाइम्स नाउले जनमत सर्वेषण समेत गरेका छन् न्युज नेशनले ५४२ सिटमा भाजपा नेतृत्वको एनडिए गठबन्धनले २सय ८२ देखि २९० सम्म मत ल्याउन सक्ने सर्वेक्षण गरेको छ भने काँग्रेस आइ नेतृत्वको युपिए गठबन्धनले ११८ देखि १२६ सम्म सिट प्राप्त गर्ने अनुमान गरेको छ । त्यस्तै अन्य दलहरुले १३० देखि १३८ सिट प्राप्त गर्न सक्ने अनुमान गरेको छ ।
त्यस्तै टाइम्स नाउले भाजपाले ३०६ सिट प्राप्त गर्न सक्ने सर्वेक्षण गरेको छ भने काँग्रेसले १ स ३२ सिट प्राप्त गर्न सक्ने देखाएको छ । त्यस्तै अन्य दलहरुले १ सय ४ सिट प्राप्त गर्ने सर्वेक्षण गरेको छ । त्यस्तै सि वोटर रिपब्लिकले भाजपाले २ सय ८७, काँग्रेसले १ सय २८ र अन्य दलले १ सय २७ मत प्राप्त गर्ने सर्वेक्षण गरेको छ ।
उल्लेखित सर्वेक्षणले फेरि एकपटक भाजपाले निर्वाचन जित्न सक्ने सम्भावना बढेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । भाजपाको पक्षमा मतपरिणाम आएमा फेरि एकपटक नरेन्द्र मोदी प्रधानमन्त्री हुने सम्भावना बढेर गएको आँकलन गरिएको छ । लोकसभा निर्वाचनको अन्तिम परिणाम मे २३ मा सार्वजनिक हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट : लुम्बिनीले सजिलै हरायो कर्णालीलाई
-
नयाँ सरकार निर्माणमा प्रदेश प्रमुखले संविधान विपरीत काम गरेको कांग्रेसको निष्कर्ष
-
लुम्बिनीमा मन्त्रीमण्डल बिस्तार, ५ बजे शपथ
-
के हो दुबईमा वर्षा गराउन प्रयोग गरिएको क्लाउड सिडिङ प्रविधि ?
-
आकाश चोपडा भन्छन्– ‘हार्दिकले मुम्बईसँगै गुजरातलाई पनि डुबाए’
-
डा. विमल कोइराला : ‘भूतले खाजा खाने बेला’को जागिरदेखि मुख्यसचिवसम्म