शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्रम तथा रोजगार कार्यालयमा मन्त्रीको छड्के

आइतबार, ०५ जेठ २०७६, १९ : ५३
आइतबार, ०५ जेठ २०७६

प्रधानमन्त्री रोजगार कार्यक्रममा सरिक हुन जनकपुर आएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जनकपुरस्थित श्रम तथा रोजगार कार्यालय अनुगमन गरेका छन् ।

आइतबार दिउँसो कार्यालय पुगेका उनले निरीक्षण तथा सेवाग्राही र कर्मचारी दुवैसँग अन्तक्रिया समेत गरे ।

मन्त्री विष्टले कार्यालय व्यवस्थित स्थानमा सार्न निर्देशन दिएका थिए । सो क्रममा मन्त्री विष्टले सेवाग्राहीलाई सहज र सरल सेवा उपलब्ध गराउन कर्मचारीलाई भनेका थिए ।

उनले कार्यालयमा आवश्यक स्रोत तथा जनशक्ति समेत उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप