बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

शताब्दी पुरुष जोशीलाई ५१ हजार नगद राशीसहित सम्मान

आइतबार, ०५ जेठ २०७६, १९ : ५९
आइतबार, ०५ जेठ २०७६

विश्व कीर्तिमान कायम गर्ने गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम एकसाथ सार्वजनिक गरिएको छ । 

वाङ्मय शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशीको उपस्थितीमा ‘अधुरो प्रेम’ उपन्यास र गीति एल्बम ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ एकसाथ सार्वजनिक गरिएको हो । 

कार्यक्रममा जोशीलाई ५१ हजार नगद राशी सहित सम्मान पनि गरिएको थियो । 

डा. डी आर उपाध्यायले यस अघि एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका थिए ।

डा. डीआरलाई आज पनि चार ओटा एभरेष्ट वल्र्ड रेकर्डका साथै ‘हिरो २०१९’बाट सम्मान गरिएको छ । 

आज उनले प्राप्त गरेका चार एभेरष्ट वल्र्ड रकेर्डमा राष्ट्र अनि राष्ट्रियतामा ३५ ओटा शब्द र, रा, रि, री रु, समावेश भएको गीतमा, नेपाली ३७५ लोकबाजा समावेश भएको गीतको वल्र्ड रेकर्ड, एउटा गीति एल्बम जसमा विभिन्न ८ ताल समावेसको एल्वमको वल्र्ड रेकर्ड र एउटै गीतमा आठ बिट समावेश गरी तयार परिएको गीतमा रहेका छन् । 

डा. डीआर उपाध्यायलाई एभरेष्ट वल्र्ड रेकर्डका मथुरा श्रेष्ठले वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरेका थिए । 

कार्यक्रममा सुरेश घिमिरे ‘निश्चिन्त’को मित्रताको सुर्किनी पुस्तक पनि विमोचन गरिएको थियो । 

एल्बममा समोवस गीतका भिडियो पनि देखाइएको कार्यक्रममा कार्यक्रममा गीतकार सुरेश घिमिरे, अचुत घिमिरे, सङ्गीतकार सन्तोष श्रेष्ठलगायतले बिचार राखेका थिए । 

सार्वजनिक तीन गीति एल्बममा रहेका गीतमा सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’, मेलिना राई, विश्व नेपाली, जुगल डंगोल, रमेश श्रेष्ठ, टेकेन्द्र नेपाली, राजन तिमिल्सिना, महेश मुखियालगायतकाको सङ्गीत रहेको छ । 

त्यस्तै सागर अधिकारी ‘सरद’, अस्मिता अधिकारी, विपिन घिमिरे, दीलिप लामा, कृष्णभक्त राई, बेनुप क्षेत्री, टेकेन्द्र नेपाली, समिर खरेल, कविता शिवाकोटी, महेश मुखिया, सागर संसार राई, रमेश श्रेष्ठलगायतका गायक गायिकाको स्वर रहेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप