केन्द्रीय संस्करण

‘बैंकहरु सामाजिक क्षेत्रमा उत्तरदायी हुनुपर्छ’

person explore access_timeजेठ ५, २०७६ chat_bubble_outline0
File Photo

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले वाणिज्य बैंकहरु आर्थिक क्षेत्रका साथै समाजिक क्षेत्रमा समेत उत्तरदायी हुनुपर्ने बताएका छन् । 

एनआइसी एशिया बैंकको जनकपुरस्थित पिराडी चौक शाखाको उद्घाटन गर्दै उनले बैंकहरुलाई निक्षेप सङ्कलन गर्ने मात्र नभई लगानीको क्षेत्रमा पनि विविधता बढाउन सुझाव दिए । 

अहिलेको लगानी अनउत्पादक क्षेत्रमा बढी भएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारको प्राथमिकताअनुसार कृषि, रोजगारलागयत क्षेत्र पहिचान गरी लगानी बढाउनुपर्नेमा जोड दिए । 

मुख्यमन्त्री राउतले सामाजिक उत्तरदायित्वअन्तर्गतको रकमलाई प्रदेश सरकारसँग समन्वय गरेर शिक्षा र स्वास्थ्यको क्षेत्र खर्च गर्न आग्रह गरे । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.