सिरिजमा इङ्ल्यान्डले क्लीन स्वीप
पाकिस्तानविरुद्ध पाँच खेलको ओडीआई सिरिजमा घरेलु टोली इङल्यान्डले क्लिन स्वीप गरेको छ । आइतबार राति भएको पाँचौं तथा अन्तिम खेलमा इङल्यान्डले पाकिस्तानलाई ५४ रनले हरायो । यस जितसँगै इङल्यान्डले सिरिज ४–० ले जित्यो । यसअघि बर्षाका कारण पहिलो खेल रद्ध भएको थियो
तीन सय ५२ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तान ४६.५ ओभरमा सबै विकेट गुमाएर दुई सय ९७ रनमा समेटिएको थियो । पाकिस्तानका लागि कप्तान सरफराज अहमिदले ९७ रन बनाए । बाबर आजमले ८० रन बनाएका थिए । मोहम्मद हुसैनले २८, ईमाद वासिम २५, आशिफ अली २२, साहिन शाह अफ्रिदी १९ र हसन अली ११ रन बनाए । इङल्यान्डका क्रिस वोक्सले पाँच विकेट लिए । आदिल राशिदले दुई तथा डेविड विल्लीले एक विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ थालेको इङल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा तीन सय ५१ रन बनाएको थियो । इङल्यान्डका लागि जो रुटले ८४ रन बनाए । कप्तान ओइन मोर्गनले ७६, जस बटलरले ३४, जेम्स भिन्सले ३३, जोनी बेयरस्टोले ३२, टम कुरनले अविजित २९, बेन स्टोक्सले २१, डेविड विल्लीले १४ र क्रिस वोक्सले १३ रन बनाएका थिए । पाकिस्तानका शाहिन शाह अफ्रिदीले चार विकेट लिए । ईमाद वासिमले तीन तथामोहम्मद हुसैन र हसन अलीले एक एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी