मेस्सीले बनाए ५० गोल गर्ने खेलाडीको कीर्तिमान
बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ५० गोल गर्ने खेलाडीको किर्तिमान बनाएका छन् ।
स्पेनिस ला लिगा अन्तर्गत मेस्सीले किर्तिमान बनाएको खेलमा आइतबार राति बार्सिलोना इबरसँग २—२ गोलको बराबरीमा रोकिएको छ । यसअघिनै लिग च्याम्पियन बनेको बार्सिलोनाले लिगको अन्तिम खेलमा बराबरीमा चिक्त बुझाएको हो ।
यद्यपी यस खेल मेस्सीका लागि भने ऐतिहासकि बन्यो । इबरविरुद्ध दुवै गोल गरेका मेस्सी सिजनका बार्सिलोनाका लागि सर्वाधिक ५० गोल गर्ने खेलाडी बने । मेस्सीले यो सिजन युरोपका शीर्ष पाँच क्लबमा ५० गोल पूरा गर्ने पहिलो खेलाडी हुन् । उनले बार्सिलोनाका लागि सबै खेलमा गरेर ब्यक्तिगत ५० गोल पूरा गरेका हुन् ।
इबर विरुद्ध मेस्सीले ३१औं र ३२औं मिनेटमागोल गरेका थिए । मेस्सीले च्याम्पियन्स लिगमा १२, स्पेनिस ला लिगामा ३६ र कोपा डेल रेमा दुई गोल गरेका थिए । जसमा उनले ४८ खेल खेले । ५० गोलसँगै मेस्सीले गोल्डेन बटुमा पनि दावेदारी प्रस्तुत गरेका छन् । मेस्सीलाई पछ्याई रहेका पीएसजीका केलियन एमबाप्पेले ४६ गोल गरेका छन् ।
बराबरीसँगै लिग च्याम्पियन बार्सिलोनाले ३८ खेलबाट ८७ अंक बनायो । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडले ७६ बनायो । रियल म्याड्रिड तेस्रो स्थानमा रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराट गोल्डकप : आर्मीलाई पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा
-
नेपालमा धर्म परिवर्तन डरलाग्दो समस्या भयो : कमल थापा
-
खराब मौसमका कारण दुई सयभन्दा बढी विदेशी पर्यटक मन्थलीमा रोकिए
-
नाउपाका नेता घनश्याम चौधरी भन्छन्– सुदूरपश्चिम सरकारबाट हामी फिर्ता हुँदैनौँ
-
त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने
-
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश