शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साम्राज्ञीको जोडी अंकित जुराएर ‘रातो टिका निधारमा’ घोषणा

सोमबार, ०६ जेठ २०७६, ११ : २५
सोमबार, ०६ जेठ २०७६

काठमाडौं –निर्देशक अशोक शर्माले नयाँ फिल्म ‘रातो टिका निधारमा’ घोषणा गरिएको छ । आइतबार साँझ कमलपोखरी स्थित कुमारी चलचित्र भवनमा आयोजित एक कार्यक्रमा कलाकार परिचय गराउदै फिल्म घोषणा गरिएको हो ।

गतबर्ष सफल फिल्म ‘जय भोले’ बनाएको ए.ए ग्रुप अफ कम्पनीजबाटै ‘रातो टिका निधारमा’ बन्न लागेको हो । फिल्मको मुख्य भुमिकामा निर्माता निर्देशक शर्माका छोरा अंकितले डेब्यु गर्दैछन् । मलेसियाबाट डिजिटल फिल्म एण्ड टेलिभिजनको कोर्षमा ब्याचलर सकाएका अंकितले ‘जय भोले’मा बुबा अशोकलाई सघाएका थिए । 

फिल्ममा उनको जोडी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बन्नेछिन् । नीता ढुंगाना, रविन्द्र झा, बुद्दि तामाङ र खुश्बु खड्काको पनि मुख्य भुमिका रहने फिल्ममा बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठ लगायतको पनि अभिनय रहने छ ।

फिल्म घोषणा कार्यक्रममा कलाकार तथा प्राविधिकलाई अभिनेत्री लक्ष्मी गिरीले ‘रातो टिका’ लगाइदिएकी थिइन् । फिल्मको छायाँकन १० जेठबाट सुरु हुनेछ । छायाँकनको सुरुवातमा फिल्मको शिर्ष गीत भव्य सेटमा खिचिने निर्देशक किरण शर्मा र कृति शर्मा निर्माताको रुपमा फिल्ममा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स रहनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप