१३ वर्ष अघि मिकाले किन राखीलाई गरेका थिए जबरजस्ती चुम्बन ?
कुरा सन् २००६ को हो । गायक मिका सिंहको जन्मदिनको पार्टीको माहौल थियो । मिकाले पार्टीमा केक काट्ने बेला अचानक राखीलाई चुम्बन गरेका थिए जसका कारण राखी रिसले आगो भएकी थिइन् । सबैको अगाडि यही तस्बिर थियो । तर यसको वास्तविकता कसैलाई पनि थाहा थिएन । मानिसहरुले यसबारे आ–आफ्नो धारणा राखिरहेका थिए । राखीले मिकामाथि जबरजस्तीको आरोप लगाएकी थिइन् । यस्तै, मिका सिंहले राखीलाई पनि जबरजस्तीको आरोप लगाइरहेका थिए ।
मिकाले एक अन्तरवार्तामा भनेका थिए, ‘मैले मुम्बई अन्धेरीको कुनै पबमा आफ्नो जन्मदिनको पार्टी राखेको थिएँ । मैले यो पार्टीमा थोरैलाई मात्र बोलाएको थिएँ । यसमा चर्चित संगीतकार आशिष शेरवुड पनि समावेश थिए । मैले राखीलाई बोलाएको थिइनँ किनभने म उनको व्यवहारसँग राम्रोसँग परिचित थिएँ । तर उनी आशिषसँग आइन् र मसँग चाहिनेभन्दा बढी फ्रेन्डली हुन थालिन् । मलाई त्यसले केही फरक परेको थिएन । म पार्टीमा रमाइरहेको थिएँ ।’
मिकाले भने, ‘सबैकुरा राम्रोसँग चलिरहेको थियो । राखी पनि पार्टीमा रमाइरहेकी थिइन् । जब राखीले मेरो अनुहारमा केक लगाउने कोसिस गरिन् तब कुरा बिग्रियो । मलाई छालाको एलर्जी थियो त्यसकारण सबैलाई केक नदल्न आग्रह गरिरहेको थिएँ । तर मैले अस्विकार गरेपनि राखीले जबरजस्ती मेरो अनुहारमा केक दल्न कोसिस गरिन् । यसैकारण मलाई रिस उठ्यो । उनलाई पाठ पढाउनका लागि मैले उनलाई सबैको अगाडि चम्बन गरिदिएँ । ’
त्यसपछि राखीले ठूलै हंगामा गरिन् । यो घटना धेरै दिनसम्म चर्चामा रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने