शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अधिकारमात्र होइन भ्रष्टाचार पनि गाउँगाउँमा पुग्योः बिजुक्छे

सोमबार, ०६ जेठ २०७६, १५ : ३६
सोमबार, ०६ जेठ २०७६

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सिंहदरबारको अधिकारमात्र नभएर भ्रष्टाचारपनि गाउँगाउँमा पुगेको बताएका छन् । 

भक्तपुरमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेले भने, ‘बालुवाटार र शीतल निवासमा निरन्तर भइरहेको भ्रष्टाचार हाल स्थानीय निकायमा सरेको छ  ।’

बालुवाटार, सिंहदरबार र शीतलनिवास ठगहरुको घेराबन्दीमा परेकाले जनताले दुःख पाएको बिजुक्छेले दाबी गरे । 

प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डको पूँजीवादी नीतिको ‘व्यक्ति धनी हुने सिद्धान्त’का कारण वर्तमान सरकार नाम मात्रको कम्युनिष्ट सरकार भएको उनले बताए । 

सरकारले गरिब जनताका लागि भन्दापनि धनीहरुको फाइदाको काम गरेको अध्यक्ष बिजुक्छे भनाई छ । 

संघीयता कार्यावन्यनका लागि प्रदेश र स्थानीय सरकारसंग संघ सरकारले समन्वय गर्नु पर्ने पनि बिजुक्छले बताए । 
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप