बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देहीको सैनामैना नदिको किनारामा नमुना बस्ती

सोमबार, ०६ जेठ २०७६, १६ : ४९
सोमबार, ०६ जेठ २०७६

बुटवल– रुपन्देहीको सैनामैना नगरपालिकामा नमुना वस्तीको काम आजदेखी सुरु भएको छ । तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत सैनामैना नगरपालिकामा नगरको वडा नं ११ को कञ्चन निर्माणको काम सुरु गरेको छ ।
नमुना बस्तीको एक कार्यक्रमका बीच सैनामैना नगर प्रमुख चित्रबहादुर कार्कीले शिल्यान्यास  गरेका छन् ।  नगर प्रमुख कार्कीले नगरको विकासको कामबाट विस्थापित भएका र घरवार बिहिन भएका अति विपन्न नगर भित्रका बासीलाई लक्षित गरी नमुना वस्ती बनाउन लागिएको बताए ।  

नमुना बस्तीमा ५० वटा बन्नेछन् । जसअन्र्तगत यसै आर्थिक वर्ष भित्रमा ५ वटा घर र कम्पाउण्ड वालको काम सम्पन्न हुने नगर प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारीले बताए । नमुना बस्तीमा सामुदायिक भवन, सहकारी पसल, खेल मैदान, पार्किङ,सार्बजनिक शौचालय, पार्क लगायतका संरचना सहितको नमुना बस्ती हुने आर्किटेक इन्जियनर मिलन भुर्तेलले बताए ।

घर तथा कम्पाउण्ड वालका लागि यसको लागि १ करोड ८ लाख ३३ हजार ८ सय ६९ रुपैंया कुल लागत बजेटमध्ये मिरा कन्ट्रक्सन कम्पनीले ८९ लाख ३२ हजार ९१ रुपैँयामा नगरपालिकासँग ठेक्का सम्झौंता गरेको छ ।

यो वर्ष ५ वटा घर निर्माण हुने र बहुवर्षीय योजना बनाएर ५० वटा घर निर्माण हुने छन् । बस्ती निर्माण सम्पन्न गर्नको लागि १२ करोड लागत लाग्ने अनुमान  गरिएको छ । खोलाको तटलाई ३० मिटर छोडेर हरियाली बनाउने र बाढीबाट पनि वस्ति सुरक्षित हुने गरी जनाताको तटबन्धन गरिने  प्रमुख कार्कीले बताए ।  

भूकम्प प्रतिरोधि सुन्दर बस्नी निर्माण हुने र विपन्न, घरबार विहिनहरुलाई न्युनतम शूल्कमा आवास प्रदान गरिने योजनामा नगरपालिका रहेको छ । स्थानीयतहले कार्यविधि बनाएर आवास क्षेत्रलाई व्यवस्थित गरिने नगरपालिकाको योजना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप