मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योति विकास बैंकका कर्मचारीको परिक्षा एनबीआईले लिने

सोमबार, ०६ जेठ २०७६, १९ : १४
सोमबार, ०६ जेठ २०७६

काठमाडौं– नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट र ज्योति विकास बैंक बीच ई–एक्जामिनेशन सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार एनबीआई ले त्रैमासिक रुपमा ज्योति विकास बैंकका ६०० कर्मचारीहरुको लागी अनलाईन एक्जाम लिने छ ।

सम्झौताले बैंकका कर्मचारीहरुमा अध्ययन गर्ने संस्कृती बसाल्न का साथै उनिहरुबिच बैंकिग ज्ञान बढाउने कुराको स्वस्थ प्रतिष्पर्धाको विकास हुने अपेक्षा गरिएको छ ।

यस सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट सहायक महाप्रबन्धक, रामहरी आचार्य र नेशनल बैंकिङ्ग ईन्टिच्यूटका तर्फबाट वरिष्ठ शैक्षिक प्रबन्धक, हरेन्द्र जंग थापा ले हस्ताक्षर गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप